के तपाई घरमा स्वस्तिक चिन्ह बनाउदै हुनुहुन्छ ? ध्यान दिनुहोस यी ५ कुरामा, नत्र सफल हुदैन पुजा !

रिता घिसिंग

पिएनपिखबर : जुन सुकै देवी-देवताको पुजा गर्नु पहिले गणेशजीका प्रतीक चिन्ह स्वस्तिक बनाइन्छ। स्वस्तिक बनाएर पुजा गर्दा पुजा सफल हुने मान्यता रहिआएको छ। स्वस्तिक यसरी बनाउदा हाम्रो मनोकामना पुरा हुनुका साथै पुजा सफल हुन्छ।  स्वस्तिक बनाउने समयमा यी कुराको ध्यान राख्नुहोस। 

१, स्वस्तिक कहिले पनि बाङ्गोटिङ्गो बनाउनु हुदैन। स्वस्तिक चिन्ह सिधा र सुन्दर बनाउनु पर्छ। 

 

२, घरमा कहिले पनि उल्टो स्वस्तिक बनाउनु हुदैन। उल्टो स्वस्तिक मन्दिरमा बनाइन्छ। कुनै खास मनोकामनाका लागि मन्दिरमा उल्टो स्वस्तिक बनाइन्छ। 

 

३, घरको जुन स्थानमा स्वस्तिक बनाउने हो उक्त स्थान सफा र पवित्र हुनुपर्छ। 

 

४, बैबाहिक जीवनको समस्या हटाउनको लागि गरिने पुजामा हल्दीको स्वस्तिक बनाउनुपर्छ। 

 

५, स्वस्तिकले सकारात्मक ऊर्जालाई आकर्षित गर्ने गर्छ।  घरको मूल ढोकामा स्वस्तिक चिन्ह बनाउनाले नकारात्मक उर्जा प्रवेश गर्न पाउदैन। घरको मूल ढोकामा स्वस्तिक चिन्ह बनाउनाले वास्तुदोष पनि हटेर जान्छ। 

 

प्रतिक्रिया