यसपालिको मनसुन भित्रियो, अबको एक हप्ताभरि नै पानी पर्ने

admin

काठमाडौं, २८ जेठ : यसपालिको मनसुन भित्रिएको छ । सामान्यतया मनसुन जुन १० तारिखमा भित्रिने गर्छ । यसपालि एक दिन ढिला गरी मनसुन भित्रिएको हो । मौसम पूर्वानुमान महाशाखाले विज्ञप्ति निकालेर मनसुन भित्रिएको जनाएको छ ।

बङ्गालको खाडी आसपास विकसित भएको न्यूनचापीय क्षेत्रका कारण शुक्रबार प्रदेश-१, प्रदेश-२ र वाग्मती प्रदेशमा मनसुन भित्रिएको महाशाखाले जनाएको छ । पूर्वी ठाउँबाट भित्रिएको मनसुन अबको एकरदुई दिनमा नै देशैभरि फैलिने सम्भावना रहेको छ ।

मनसुन भित्रिएकाले आउँदो हप्ता देशका धेरै ठाउँहरुमा हल्कादेखि मध्यम र केही ठाउँहरुमा ठूलो वर्षा हुने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । यस्तै देशका धेरै ठाउँमा अहिले पानी परेको छ । केही ठाउँमा अहिले पनि मेघगर्जनसहित पानी पर्दै छ भने केही ठाउँमा रोकिएको छ ।

मौमसविद्ले यो हप्ताभरि नै पानी पर्ने पूर्वानुमान गरेका छन् । अबको एक हप्ताभरि नै देशका धेरै ठाउँमा पानी पर्ने अनुमान छ । जल तथा मौसम विज्ञान विभागले अबको केही दिनभित्रै नेपालमा मनसुन भित्रिने जनाएको छ । शुक्रबार सूचना निकालेर विभागले मनसुन पूर्वी नेपालबाट भित्रिने र आउँदो हप्ताभरि देशका धेरैजसो ठाउँहरुमा हल्कादेखि मध्यम खालको वर्षा हुने जनाएको हो ।

हप्ताको मध्य तथा अन्त्यतिर प्रदेश-१, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा मेघगर्जनरचट्याङ्गसहित ठूलो वर्षाको सम्भावना छ । केही उच्च पहाडी र हिमाली ठाउँमा हिमपात पनि हुने विभागले जनाएको छ ।

प्रतिक्रिया