यसरी फिर्ता पाउन सक्छ भारतले मिचेको नेपालको भू-भाग

मनिषा थापा

पिएनपिखबर : वरिष्ठ अधिवक्ता कंचन कृष्ण न्यौपानेले भारत विरुद्ध देशमा भईरहेको विरोधले भारतलाई कुनै फरक नपर्ने बताए। उनले भारतले अतिक्रमण गरेको नेपालको भू-भाग फिर्ता गर्न अन्तर्राष्ट्रिय अदालतसम्म जान सक्ने वातावरण सरकारले बनाए समस्याको हल निस्कने उनले स्पष्ट पारेका छन्।

उनले भारतको नक्सा सार्वजनिक भएपछि परराष्ट्र मन्त्रालयले निकालेको विज्ञप्ति सत्तामा धावा आउला भनेर आक्रोशित नेपाली जनतालाई शान्त पार्नको लागि मात्र भएको जनाए। उनले भने, ‘सिमा मिचिएको समस्या समाधान गर्न दूई देशबीच वार्ता हुनुपर्छ त्यति नभए अरु देशलाई संलग्न गराउनु पर्छ तर भू-भाग बारे दुई पक्षिय पत्राचार भएकै छैन।’

नेपाल सरकारको गुलामी मनास्तिथि रहेको बताउँदै उनले भने, ‘भारत विरुद्ध बोल्यो भने आफ्नै सत्ता जाने डरका सरकारलाई छ।’ बाँकी हेर्नुहोस भिडियोमा

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू