बोल्ने शैलीबाट पत्ता लगाउनुहोस् मानिसको स्वभाव

मनिषा थापा

आफ्नो अभिव्यक्ति वा विचार प्रकट गर्न मस्तिष्क द्धारा कण्ठबाट संम्प्रेशित वा जुन मुखबाट निस्केर स्वरमा गुन्जित हुन्छ वा स्वरमा निस्कन्छ त्यसलाई वाणी भनिन्छ । वाणीका माध्यमबाट कसैलाई चिन्नु गाह्रो भएता पनि असम्भव चाही छैन ।

मानव मनबाट आन्तरिक विचार, भावना र व्यवहार आदीले वाणीमा प्रभाव पार्दछ । वाणी भनेको साधन पनि हो । प्रत्यक्ष र अप्रतक्ष्य गरी वाणी दुइ प्रकारमा विभाजन गर्न सकिन्छ । प्रत्यक्षमा वाणीको उच्चारण कर्ता तपाई आफु स्वयं नै हुनुहुन्छ, तपाईको बोलीसंगै शारीरीक लक्षण पनि प्रस्ट देखिन्छ ।

अप्रत्यक्ष्य वाणीमा टेलिफोन, रेकर्डमा गरिने कुराकानी पर्दछ । जसमा शारीरीक कृयाकलाप देखिदैन । प्रत्यक्ष माध्यममा उसले गर्ने हाउभाउ देखि सम्पुर्ण कृयाकलापबाट नि केहि बुझ्न सकिन्छ भने अप्रत्यक्ष वाणीमा केवल शब्द वा वाणीमा मात्र ध्यान दिनुपर्छ ।

श्रृंगारिक वाणी

नरम, सौम्य, सरल, सहहृदय बोली भएका मानिस लोकप्रिय हुन्छन् भनेर शास्त्रले भनेको छ । यस्ता वाणी भएका महिला कुशल व्यक्तिको धनी र प्रभावशाली हुन्छन् । श्रृंगारिक वाणी भएका मानिस कला क्षेत्रमा जोडिदा राम्रो हुन्छ ।

कुरौटे बानी भएकासंग संगत नगर्ने

यस्तो मानिस धेरै बोल्न रुचाउछन यताको कुरा उता लगाउँछन् । उताको कुरा यता गर्नमै उनीहरुले समय बर्बाद गरिरहेका हुन्छन् । धैर्यता गर्ने बानी यीनीहरुमा हुँदैन । यस्ता मानिस ध्रुत हुन्छन् र यीनीहरुसँग सधै सावधान रहनु पर्छ । कुरौटे मानिसमा गोपनियता हुदैन, नोक्सान मात्र पु¥याउँछन्, झगडामात्र पारिदिन्छन् ।

मिठो बोल्ने मानिस

विनम्रतासंग बोल्ने र बहस गर्नु पर्दा मीठो शब्द प्रयोग गरेर सबैको मन जितेका हुन्छन् । यो उनीहरुको खुबी पनि हो । मीठो बोलीको कारण मानिसहरुको मन जितेर सबैलाई बहसमा राख्न सक्छन् । अरुलाई हानी पनि गर्र्दनन् ।

अस्पष्ट बोली

मनमा एउटा र मुखमा अर्को कुरा हुन्छ त्यसैले गर्दा उनीहरु अड्कीएर बोल्छन् । यीनीहरुले भन्न अझ केही बाँकी छ जस्तो हामीलाई लागेको हुन्छ । जसले गर्दा हामीहरु झुक्किरहेका हुन्छौ । यस्ता मानिसको शब्दबाट पनि थाहा पाउनुपर्छ । विश्वास गर्नु हुदैन । यस्ता संग सर्तक रहनुपर्छ ।

प्रष्ट मानिस

जे हो त्यो बोलिदिने, जे बुझ्यो त्यो स्पस्ट बोलिहाल्ने मानिसको मन सफा हुन्छ । कोही रीसाउँछ कि भन्ने उसलाई हुँदैन । यीनीहरुको जीवन सुखी र सरल हुन्छ ।

गम्भीर स्वभाव

कुने पनि विषयको बारेमा गहिरो अध्ययन गरेर ज्ञान हासिल गरेर बोलेका हुन्छन् । बौद्धिकता र विचारशिलता यीनीहरुको विशषता नै हो । झट्ट हेर्दा कम रोमान्टिक देखिएता पनि बोद्धिकता यीनीहरुको खुबी भएकाले त्यही बौद्धिकताले गरेको निर्णय हुने भएकाले कहिल्यै फेल हुदैनन् र समाजमा सफल ठहरिन्छन् ।

चर्को बोल्ने

झुटलाई पनि सहि सावित गर्नलाई ठुलो स्वर गर्छन् । यीनीहरु जस्तोसुकै प्रवुतिको काम गर्न पनि पछि पदैनन । नेतृत्व गर्ने व्यक्ति, उच्च पदमा बस्नेलाई यसले फल दिन्छ ।

मधुर वाणी

एउटै कुरामा रमाइराख्ने , सुस्त बोल्ने यीनीहरुले बोलेको कुरा बुझिदैन । मसिनो वा धिमा बानी भएका मानिसहरुको भन्न खोजेको विषय नै बझिदैन, कुलतमा फस्न सकने धेरै संम्भावना यीनीहरुमा हुन्छ ।

तर्कसंगत वाणी

आफ्नो कुराहरुलाई प्रस्टसंग वुझाउन सक्ने खुबी यीनीहरुमा हुनछ । अरुको कुरा पनि सजिलै बुझ्न सक्छन यीनीहरु संग संगत गर्नु राम्रो हो ।

तर्कहीन वाणी

बढी बोल्ने , अरुसंग फाइदा लिनको लागि नयाँ-नयाँ साथी बनाउन खोज्छन् । कसैसंग लामो समय मित्रता टिक्दैन ।

तार्किक वाणी

विवेकशील मानिसहरु यसमा पर्दछन् । बहस र तर्क गर्न यीनीहरुलाई आनन्द लाग्छ । बुद्धिमान र चलाख हुन्छन स्मरण शक्ति बढि हुन्छ ।

विच्छेदित वाणी

बोल्दा पटक पटक पटक अड्कििने मानिस यसमा पर्दछन । चलाख धुर्त र हरेक समय सचेत हुन्छ ।

प्रतिक्रिया