यस्ता एजेण्डा सहित आज कांग्रेसको पदाधिकारी बैठक बस्दै

admin

काठमाडौं, २९ चैत : आइतबार नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । सभापति शेरबहादुर देउवाले दिउँसो दुई बजेका लागि बैठक बेलाएका हुन् । पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा पार्टीका पूर्व पदाधिकारी तथा शीर्ष नेताहरुको सहभागिता रहनेछ ।

आइतबारको पदाधिकारी बैठकमा नयाँ सरकार गठनका लागि माओवादी केन्द्र र जसपासँग भइरहेको छलफल तथा थप रणनीति तय गर्ने तयारी छ । (भोलि) सोमबार बस्ने केन्द्रीय कार्यसमिति बैठकका लागि एजेण्डा तय गर्न तथा १४ औं महाधिवेशनबारे छलफल गर्न सभापति देउवाले बैठक बोलाएको पार्टीका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए ।

गएको शुक्रबार सभापति देउवाले ३ दलको संयुक्त बैठकमा आफ्नै नेतृत्वमा सरकार गठनको प्रस्ताव गरेका थिए । देउवाको प्रस्तावमा माओवादी केन्द्रले समर्थन जनाए पनि जसपाले पनि ठोस निर्णय दिएको छैन ।

प्रतिक्रिया