यस्ता रोगहरुको लागि अङ्गुर खानु निकै लाभदायिक !

मनिषा थापा

एजेन्सी : अहिले बजारमा अङ्गुरको सिजन छ । खादा रसिलो र स्वादिलो अङ्गुर स्वाथ्यका दृष्टिकोणले पनि निक्कै उपयोगी मानिन्छ । विभिन्न रोगका लागि अंगुर औषधि समेत बन्छ ।


कुन रोगका लागि सहयोगी बन्छ त अङ्गुर ? थोरै चर्चा गरौं

दम : फोक्सोमा आर्द्रता बढाउने भएकाले अङ्गुरले दमको समस्या समाधान गर्न मद्दत गर्छ ।

मुटु रोग : अङ्गुरले रगतमा नाइट्रिक अक्साइडको मात्रा बढाउँछ, रगत जम्नबाट रोक्छ र हृदयाघातको खतरा कम हुन्छ ।

माइग्रेनमा : अङ्गुरको जुस माइग्रेनमा उपयोगी मानिन्छ । यसका लागि पानी नमिसाइकन बिहान सबेरै जुस पिउनुपर्छ ।

कब्जियत : अङ्गुरले कब्जियत घटाउन मद्दत गर्छ किनकि यसमा अर्गानिक एसिड, सुगर र सेलुलोज हुन्छन् । यसले क्रोनिक कब्जियतलाई समेत निको पार्छ ।

प्रतिक्रिया