यस्ता व्यक्तिको घरमा कहिल्यै हुँदैन धनको बास !

मनिषा थापा

एजेन्सी : हिन्दू शास्त्र अनुसार विष्णुपुराणमा इन्द्रले धनकी देवी लक्ष्मीलाई धनी बन्ने शुत्र भन्न आग्रह गरेपछि लक्ष्मीले ५ प्रकारका व्यक्तिको बारेमा जानकारी दिएकी थिइन्, जसको घरमा धनको बास नहुने उनले दाबी गरेकी थिइन्।

१.काम भावना : जुन घरमा स्त्री पुरुष अत्याधिक काम वासनामा लिप्त रहन्छन् त्यो घरमा धर्मको उपेक्षा हुने गर्छ। त्यस्तो घरमा लक्ष्मीको लामो समयसम्म बास रहन सक्दैन्।

२. अहंकार : जुन घरका मानिस अहंकार गरेर बस्छन् त्यहाँ अज्ञानता र क्रोध बढ्ने गर्छ। यस्तो व्यक्तिका घरमा पनि लक्ष्मीको बास हुन सक्दैन।

३. लोभ : लोभ लालचमा लिप्त भएको व्यक्तिको घरमा पनि लक्ष्मीको बास हुन नसक्ने उनले बताएकी थिइन्।

४. हिंसा : जुन घरमा धेरै मासु, माछाको प्रयोग हुन्छ त्यहाँ पनि लक्ष्मीको बास हुन सक्दैन। मासुजन्य पदार्थ घरमा भित्रिदाँ लक्ष्मी बस्दैनन्।

५. स्त्रीको अपमान : स्त्रीलाई अनादर हुने घरमा पनि लक्ष्मीको बास नहुने कथन छ

प्रतिक्रिया