यस्तो अनौठो स्कुल ! जहाँ विद्यार्थीलाई दिइन्छ यस्तो दण्ड

मनिषा थापा

एजेन्सी : स्कुल पढ्को यादहरु साच्चै अविस्मरणीय रहेका हुन्छन् । साथीसँग मिलेर स्कुल पढ्दा गरिएको बदमासी काम वा कतिपय राम्रा कुराहरु प्राय धेरैको मनम आइरहन्छ होला । स्कुल पढ्दा गल्ती गर्दा खाइको सजाय सायदै बिर्सनु भएको छैन होला ।

ती यादहरु सम्झदा स्कुलले जीवनको खुबै याद हुन्छ । तर केही यस्ता स्कुल रहेका छन् जहाँ विद्यार्थीको लागि कडा भन्दा कडा कानुन निर्माण गरिएको छ जुन सुन्नुभयो भने चकित पर्नुहुनेछ ।

रातो मसीको प्रयोग : स्कुल पढ्दा रातो मसी चलाउन खुब रहर हुन्छ । प्राय धेरैको कपी हेर्ने हो भने रातो रंगले नै रगिएको हुन्छ । तर अस्ट्रेलियामा भने विद्यार्थीको लागि रातो मसीको प्रयोग गर्न रोक लगाइएको छ । त्यहाँका शिक्षकहरुले पनि रातो मसिको कलम प्रयोग गर्दैनन् ।

हात उठाउन मनाही : हामीले स्कुल पढ्दा आफुलाई केही भन्न मन लाग्दा कक्षामा हात उठाएर भन्ने गथ्र्यौ । तर कुनै स्कुलमा भने हात उठाएर आफ्नो भनाइ राख्न पनि दिँदैन् ।

बेस्ट फ्रेन्ड बनाउनमा मनाही : सँगै स्कुल पढ्ने केही यस्ता साथी हुन्छन् जो जीवनभरि सँगै रहन्छन् तर इंगल्याण्डमा भने यो कुरालाई मनाही गरिएको छ । जहाँ बच्चालाई स्कुलमा मिल्ने साथी बनाउन पनि दिइदैन् ।

कपालमा कलर लगाउन मनाही : विश्वमा यस्तो स्कुलपनि रहेको छ जहाँ विद्यार्थीले कपालमा कलर गर्न पाउँदैनन् । यद्यपी कपालमा लगाइने अनावश्यक कलरले प्राकृतिक रुपमा नै साइड इफेक्ट पनि गर्छ ।

मटरवाला सजाय : विद्यार्थीलाई सजाय दिने कडा नियम रहेको एसियाका केही स्कुलमा बरफले जमेको केराउको दानामा घुँडा टेकेर उभिनु पर्ने सजाय विद्याथीलाई दिने गरिन्छ ।

डिभोर्स रअन्य शब्द उच्चारणमा रोक : न्यूयोर्कमा रहेको एउटा स्कुलमा ५० हजार शब्द बोल्न मनाही गरिएको छ । जहाँ गरिब, धर्म, डिभोर्स जस्ता शब्द बोल्न पूर्णरुपमा बन्देज गरिएको छ ।

अत्तर छर्किन मनाही : पेनिसिल्याभानिया को एक स्कुलमा पनि विद्यार्थीको लागि कडा कानुन बनाइएको छ । जहाँ उनीहरुले एक्स ब्राण्डको कुनैपनि अतर छर्कन पाउँदैनन् ।

सुत्ने अनुमति : नियम र कानुन पनि ठाउँ अनुसार आ आफ्नै तरिकाले दिने गरिन्छ । जुन चीनको एक स्कुलमा भने बच्चालाई आधा घण्टा सुत्न लगाएर सजाय दिइन्छ ।

टवाइलेट जाने निश्चित समय : कयौँ थरीका व्यक्तिको जमघट हुने एक स्थान हो विद्यालय । जहाँ सबैलाई मिलाएर राख्ने माध्यम बनाउन कडा कडा सजायहरु दिने चलन रहेको हुन्छ । त्यस्तै चिकागोको एक स्कुलमा भने विद्यार्थीलाई ३ पटक मात्रै ट्वाइलेट जाने नियम बनाइएको छ ।

प्रतिक्रिया