यस्तो छ आजको सुनको भाउ

मनिषा थापा

साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य यथावत रहेको छ ।

शुक्रबार बजारमा छापावाल सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भएको थियो भने आज पनि बजारमा सुन प्रतितोला ६० हजार रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

शुक्रबार तेजावी सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि बजारमा सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमै कारोबार भइरहेको छ।

त्यस्तै, शुक्रबार बजारमा चाँदी प्रतितोला मूल्य ७४५ रुपैयाँमा कारोबार भएको थियो भने आजपनि चाँदी प्रतितोला ७४५ रुपैयाँमै कारोबार भइरहेको जनाएको छ ।

प्रतिक्रिया