यस्तो छ कलियुगका भगवान बम्जनका आश्रममा हुने शंकास्पद गतिविधिको सम्पूर्ण नालीबेली (भिडियो)

मनिषा थापा

पिएनपिखबर, भक्तपुर : लिटिल बुद्धकाे नामले समेत चिनिने तपस्वी भनिएका रामबहादुरू बम्जनलाई अहिले उनकै अनुयायीहरूमार्फत बलत्कार, बेपत्ता पार्ने जस्ता अभियाेग लाग्दै आएको छ। यो विषयमा सत्यतथ्य पत्ता लगाउन प्रहरी लगायत मिडिया समेत लागि परेका छन।

यसै बीच सिन्धुली आश्रममा रहेका स्वदेशी र विदेशी अनुयायीको परिचय खुल्ने कागजपत्रमा प्रहरीले अनुसन्धान गरीरहेको अवस्थामा हाम्रो टिम पनि वास्तबमा बम्जनबारे फैलिएका समाचारको सत्यतथ्य बुझ्न सिन्धुली आश्रममा पुग्दा बम्जनका अनुयायीहरुले त्यहाँको भ्रमण गराए।

बम्जनका अनुयायीहरुले बताएअनुसार र हाम्रो आँखाले देखेसम्मका बमजनबारे खबरहरु सम्प्रेषण गर्दै गर्दा सिन्धुली आश्रममा झन् रहस्यमय गतिबिधि देखियो जसले गर्दा सिन्धुली आश्रम शंकाको घेराबाट टाढा रहन सकेन। आज हामीले बम्जनको आश्रममा देखिएका केहि रहस्यमय र रोचक अनि शंकास्पद गतिबिधि तपाईहरुमाझ प्रस्तुत गर्दै छौ।

१. हजारौ संख्यामा विदेशी अनुयायीको उपस्थिति किन ?

हामीले आश्रममा पुग्दा ४ हजारभन्दा बढी अनुयायीहरु कार्यक्रममा उपस्थित थिए । हजारौ संख्यामा विदेशी अनुयायीहरु आफ्नो राष्ट्रको झन्डा बोकी आएका थिए। यति धेरै संख्यामा विदेशीहरु के बम्जनको आशिर्वाद लिनको लागि मात्र धाएर आएका हुन् त ? विदेशीहरुको जमात जम्मा हुनुले पनि बमजनको सिन्धुली आश्रमको कार्यक्रम थप रहस्यमय बनेको छ। त्यहाँ आउने विदेशी बस्नको लागि छुट्टै स्थान समेत उपलब्ध गराइएको थियो। बिशेष त के छ भने नेपालमा रहेका सर्वसाधारण व्यक्तिलाई अनुमति बिना प्रवेश निषेध गरिएको सन्दर्भमा बिदेशीहरुलाई बिनारोकतोक खुलमखुल्ला आरामदायी तवरले किन राखियो त मननयोग्य छ।

२.सर्वव्यापी गुरुको आश्रममा तामाङको बाहुल्यता किन ?

आश्रम परिसर भित्र अनुयायीबाहेक कसैले प्रवेश गर्न पाइदैन। सुरक्षाकर्मीहरु पनि ठाउँ-ठाउँमा राखिएको छ ? अनुयायीहरुमा तामाङहरुको बाहुल्यता रहेको थियो । ब्राह्मण, क्षत्री लगायत अन्य जातजाति भने निकै नै कम संख्यामा उपस्थित थिए। तपस्वी भनिएका रामबहादुर बमजन सर्वव्यापी हुन् भनेर दावी गर्ने अनुयायीहरुको भनाईलाई सत्य मान्ने हो भने तामाङ बाहुल्यता भएको अनुयायीहरुमा बाहुन क्षेत्रीको संख्या किन थोरै भएको ? प्रश्न उब्जिएको छ।

३. २८ बिगाहा भन्दा बढी आफ्नै जन्मस्थल किन बेचे ?

करिब २८ बिगाहा क्षेत्रफल ओगटेको आश्रमको वरपर पहिले १२ ओटा घर थियो तर अहिले मात्रै एउटा घर बाँकी छ। अनुयायीहरुको अनुसार पहिला बस्ने त्यहाँको जग्गाधनिले सबै जग्गा गुरुलाई बेचेर बसाई सरेका हुन् । कतिले भने दान स्वरूप बम्जनलाई आफ्नो बास रहेको जग्गा नै चढाए। आफ्नो जन्मभूमि सबैलाई प्यारो हुन्छ जन्मथलो एकाएक बेच्ने र दान गर्ने मनस्थिति ति घरबेटीमा अचानक कहाँबाट आयो ? पुर्व जग्गाधनी अहिले कहाँ छन र के गर्दै छन यो बिषय पनि रहस्यमय नै छ।

४.बेचिएको/दान गरिएको जग्गा अनुयायीहरुको नाममा किन ?

सिन्धुली आश्रमको जग्गा अनुयायीहरुको नाममा छ। बम्जनको नाममा बेचिएको/दान गरिएको जग्गा अनुयायीहरुको नाममा हुनु कतिको ठिक हो ? अब अनुयायीहरुले त्यो जग्गा भविष्यमा के गर्छन त ? अनुयायीहरूले निजी जग्गाबाहेक अहिले त्यहाँ रहेको सार्वजनिक सामुदायिक बन रहेको जग्गासमेत नियन्त्रणमा लिई त्यहाँ स्थानीय बासिन्दालाई प्रवेश निषेध गरेको धेरै स्थानीयहरुको आरोप पनि छ। यति धेरै जग्गा जमिन आखिर के-का लागि ?

५. धर्मनिरपेक्ष मुलुकमा कहाँबाट आयो मैत्री राज्य ?

सिन्धुली आश्रममा मैत्री राज्य भनेर पनि धेरै सुनियो ? खासमा मैत्री राज्य भनेको चाही के हो त ? नेपालमा बहुसंख्यक हिन्दुहरु छन र नेपाल धर्मनिरपेक्ष राष्ट्र हो। छुट्टै मैत्री राज्यको बिषय चाहि कता बाट आयो ? बमजनको मैत्री राज्य अनि के बम्जन चाहिं राजा हुने हुन् र ? लिटल बुद्धको रुपमा विश्वव्यापीरुपमा चर्चित बन्न पुगेका बमजनमाथि अनेकन आरोपहरु समेत लागेका छन।

६.मिडियाकर्मीहरुलाई किन बमजनलाई भेट्न दिइएन ?

बमजन सिन्धुली आश्रममा छन् भन्ने जानकारी बमोजिम आश्रम पुगेको मिडियाकर्मीहरुलाई बमजनलाई भेट्न भने दिईएन। अनुयायीका अनुसार बम्जन सबैको बुद्धत्व प्राप्त गरेका ज्ञानी थिए तर मिडियाको अगाडी किन देखा परेनन् ? मिडियाकर्मीहरुलाई पनि त्यहाँका अनुयायीहरुले गुमराह गर्ने प्रयास गरे।

७. सानो हो-हल्लाले तपस्वीलाई कसरी प्रभाव पार्छ?

शुरुको दिनमा आश्रम देखाउदै घुमाउनेक्रममा उनीहरु विस्तारै बोल्नुहोस गुरु हाम्रो वरपर रहेको हुन सक्छन त्यसैले उहाँ रिसाउनु हुन्छ भनिरहेका थिए। राष्ट्रिय अन्तराष्ट्रिय रुपमा बमजनको खोजी भैरहँदा समेत सार्वजनिक नभएका उनलाई एउटा खुल्ला बाटोमा सानो हो-हल्लाले कसरि प्रभाव पार्न सक्छ ? बमजनले प्रत्युत्पादन गरेको शीलमा समेत रिस, भय र क्रोधको बिरोध गरिएको छ।

८. बम्जन के हावामा उडिरहेका हुन्छन जो कसैले देख्दैन ?

सिन्धुली आश्रममा पुग्दा त्यहाँ भएको घोडामाथि बमजन सवार भएर आकाशमा उड्ने गरेका छन् भन्ने पनि सुनियो। यस्तो अपत्यारिलो कुरामा उनीहरुको अन्धविश्वास हो या सबैमा भ्रम फैलाउने प्रयास ?

९.गुरुहरु यो हदसम्म निरङ्कुश हुन्छन?

अझै रोचक त के छ भने बमजनले एकपटक हात्तीहरुलाई नुहाउने ठाउँ बनाउनको लागि राती २\३ बजे तिर अनुयायीहरुलाई खाल्डो खन्न लगाएअनुसार उनीहरुले नतमस्तक भइ चुपचाप खाल्डो खने। आखिर किन उनीहरु बमजनको आदेश सहर्ष स्वीकार्ने गर्छन ? अनुयायीको भन्छन, ‘गुरुले जे भन्नु हुन्छ त्यसको प्रतिकार गर्न मिल्दैन’ गुरुहरु यो हदसम्म निरङ्कुश बन्न मिल्छ र ? बम्जनको आश्रमबाट बेपत्ता भएका भनिएका व्यक्तिहरुको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ। सरकारले छीटो भन्दा छिटो सत्य तथ्य बाहिर ल्याउने नै छ। हामीले सिन्धुली आश्रममा पुग्दा जे देख्यौ र त्यहाँ उपस्थित अनुयायीको बयानअनुसार यो रिपोर्ट तयार पारेका हौ।

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू