यस्तो हिमाल जहाँ पुग्ने आँट कसैले गर्न सकेनन्

शर्मिला गुरुङ

पिएनपिखबर, भक्तपुर : हिन्दु धर्ममा कैलाश पर्वतको धेरै महत्व छ। किनकि यहाँ भगवान शिवको बास रहने विश्वास छ । सोच्नु पर्ने कुरा यो छ कि संसारको सबैभन्दा उचाइमा रहेको सगरमाथामा अहिलेसम्म ७००० भन्दा बढी आरोहीहरुले आरोरहण गरिसकेका छन । 

जसको उचाई ८,८४८ मिटर आग्लो छ। तर कैलाश पर्वतमा अहिले सम्म कोहि पनि चढ्न सकेका छैनन्। जबकि यसको उचाइ सगरमाथाको भन्दा लगभग २,००० मिटर कम अर्थात ६,६३८ मिटर छ।

यो अहिलेसम्म रहस्यमयी नै छ। हालसम्म कसैले चढ्न नसक्नुका धेरै किम्बदन्तीहरु प्रचलित छन। मान्यता छ, कैलाश पर्वतमा शिव जी को बास हुने भएकोले कोहि जीवित मानिसहरु त्यस पर्वतमा चाहेर पनि पुग्न सक्दैनन्। जो मानिसले जीवनमा कुनै पाप गरेको हुँदैन त्यस्ता मानिस मात्रै मृत्यु पश्चात उक्त पर्वातमा पुग्न सक्ने विश्वास रहेको छ। यदि कुनै व्यक्तिले उक्त पर्वतको केहि भाग मात्र चढ्न सफल भए पनि बिचमै अलपत्र पर्ने मान्यता छ।

उक्त पर्वतमा चढ्नु भनेको मृत्युलाई जित्नु बराबर भएकोले आजसम्म कोहि पनि व्यक्ति कैलाश पर्वत चढ्न सकेका छैनन्।

एक पर्वतारोहीले आफ्नो किताबमा लेखे अनुसार, उसले पर्वत माथि चढ्ने कोशिस गरेका थिए। तर उक्त पर्वतमा बाँच्न असम्भव थियो किनभने शरीरको कपाल र नङ्हरू छिटो-छिटो बढ्ने गर्छ ।

त्यति मात्र हैन कैलाश पर्वतमा लाग्ने भएकोले चढ्न कठिन हुने गर्छ। कैलाश पर्वतको कोण पनि ६५ डिग्री भन्दा धेरै छ। जबकि हाम्रो नेपालको सगरमाथामा ४० देखि ६० डिग्रीको कोण सम्म छ। जसको उचाईले अझ मुस्किल बनाउछ। यस्ता धेरै कारणले गर्दा कैलाश पर्वत चढ्न कसैले हीम्मत गर्दैनन्।

प्रतिक्रिया