यात्रु बस दुर्घटना: ५ जनाको मृ’त्यु, ४२ जना घा’इते

admin

काठमाडौं, ३ बैशाख : सुर्खेतबाट धरान जाँदै गरेको यात्रुबहाक बस बाँकेको कोहलपुरमा दु’र्घटना हुँदा ५ जनाको मृ’त्यु भएको छ। अन्य ४२ जना घा’इते भएका छन्।

प्र’हरीका अनुसार सुर्खेतबाट धरानका लागि छुटेको मे १ ख ३३४७ नम्बरको बस बाँकेको कोहलपुर नगरपालिका–१३, रोहिणी खोला नजिकै विपरीत दिशाबाट आइरहेको टिपरसँग ठोक्किएर दु’र्घटना भएको हो।

दु’र्घटनामा एक जनाको घ’टनास्थलमै र अन्य ४ जनाको उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पुर्‍याएलगत्तै मृ’त्यु भएको इलाका प्र’हरी कार्यालय कोहलपुरका प्रमुख, डीएसपी रवीन्द्र खनालले जानकारी दिए।

खनालका अनुसार मृ’तकको सनाखत हुन बाँकी छ। उद्धार गरिएका ४२ घा’इतेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ।

प्रतिक्रिया