यी कस्ता भाई जसले सम्पतिका लागि घाटमै मृतक दाजुको औठा छाप लिए !

मनिषा थापा

एजेन्सी : पारिवारीक सम्बन्ध भन्दा पनि सम्पत्तीको मोह धेरै भन्ने उदाहरण ति भाईले देखाएका छन् । यो घटना भारतमा भएको हो । सामाजिक सञ्जालमा भाइरल भएको यो तस्बिरले हेर्नेहरुलाई निकै भावुक बनाएको छ ।

घटना केही दिनअघिको हो, गोरखपुरको ग्राम मझवन खुर्द निवासी ७० वर्षीय पूर्व प्रधान विशम्भर को मृत्यु भयो । उनको अन्तिम संस्कारका लागि मलामी सहित शव नदी किनारमा रहेको घाटमा पुर्याएको थियो ।

सोही अवसरमा उनका सानो भाइ राम पदारथले मृतक दाजुको दाहिने हातको औठाको छाप लिए । यो देखेर मलामी गएकाहरु पनि छक्क परे । उनले मृतक दाइको औठा छाप सादा कागजमा लिएका थिए । मृत दाजुको भन्दा ति भाईलाई सम्पत्तीको माया देखेकाहरुले ति भाईलाई धिक्कारेका थिए । मृतक विशम्भरको पहिलो श्रीमतीको मृत्यु भएपछि मञ्जुदेवीसँग दास्रो विवाह गरेका थिए । उनीहरुका दुई छोरा र पाँच छोरी छन् ।

प्रतिक्रिया