यी चर्चित अभिनेताको ५ श्रीमती, एक छोरा छन् तर शव लिन कोही आएनन्

रिता घिसिंग

एजेन्सी : बलिउडका चर्चित खलनायक महेश आनन्द संसारबाट विदा भइसकेका छन् । शनिबार उनको शव यारी रोडस्थित घरबाट बरामद गरियो । पोष्टमार्टममा उनको मृत्यु प्राकृतिक बताइएको छ । अन्तिम समयमा उनले एउटा ट्रयाक सुट लगाएका थिए र उनी नजिकै मदिरा पनि भेटिएको थियो । तर, सबैभन्दा दर्दनाक कुरा मरिसकेपछि पनि महेशको संघर्ष पूरा भएन । जुन छोराको लागि उनी जीवनभर तड्पिरहे ती छोरा मृत्युपछि पनि उनको शव लिन आएनन् ।

जब महेश आनन्दको मृत्यु भयो त्यतिबेला उनी घरमा एक्लै थिए । परिवारका कुनै पनि सदस्यले सोधीखोजी नगरेपछि उनी लामो समयदेखि एक्लै बस्दै आएका थिए । अभिनेत्री साहिला चढ्ढाले अन्तिम समयसम्म उनको शव लिन कोही नआएमा आफूले अन्तिम संस्कार सोच बनाएकी थिइन् । यद्यपि समयमै महेशकी बहिनीले उनको शव जिम्मा लिएर अन्तिम संस्कार गरिन् ।

साहिलाका अनुसार महेशको पत्नीसँग सम्बन्ध राम्रो थिएन । महेशले ५ विवाह गरेको बताइएको छ । उनको सम्बन्ध १२ महिलाहरुसँग थियो । केहीसँग उनले विवाह गरेका थिए भने केहीसँग लिभ इन रिलेशनशिपमा थिए । महेशका एक छोरा पनि छन् । तर, महेशको मृत्युपछि उनका छोराले उनको शवको वास्तै गरेनन् ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू