यी नौजवानले बनाए आफ्नै घरको छतमाथि प्लेन [हेर्नुहोस भिडियो सहित्]

मनिषा थापा

पिएनपिखबर, भक्तपुर  :  मुम्बईको एक युवकले आफ्नो घरको छतमा प्लेन बनाएका छन् र अब यसलाई उडाउन पनि सकिनेछ। महाराष्ट्रको सीएम देवेन्द्र फडणवीसको हातबाट उनलाई यसको निमित्त प्रमाण पत्र पनि पाएका थिए। सरकारी सहयोगबाट विमानको प्रविधीमा काम उनको सपना छ।

अमोल यादव नामका युवकले यसलाई २०११ बनाएका थिए। तब देखि नै उनले यस प्रमाणपत्रका लागि प्रयास गरेका थिए। अब गएर उनको कोशिशले रङ देखाएको छ। अमोल पेशाले एक पाइलट हुन्। अहिलेसम्म यस प्रोजेक्टकामा उनले करिब ५ करोड जति रकम खर्च गरिसकेका छन्।

भारतमा बनेको यो पहिलो विमान हो। अमोलको यस उपलब्धिलाई सरकारको मेक इन इंडिया कार्यक्रममा पनि स्थान मिलेको छ।

देवेंद्र फडणवीसले आफै पीएम मोदीलाई यस कामको बारे जानकारी दिएका थिए। देशमा निर्मित सानो विमान बनाउनमा सहयोग गर्नु उनको लक्ष्य छ। १८९५मा मुम्बईका शिवकर तलपडेले आफैले बनाएको प्लेन उडाएका थिए। हालै यस दावीको अझै पुष्टि भने भएको छैन।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया