यी मोडल २६ वर्षमै भईन ८० वर्षको वृद्धा जस्तो

रिता घिसिंग

एजेन्सी : पछिल्लो समय सामाजिक संजालमा एक मोडलको तस्विर निकै भाइरल भैरहेको छ । सारा नाम गरेकी मोडल केवल १० वर्षको हुदा उनलाई डर्मोटोसोसपक्सिस एल्लर्स-ड्यानोस सिन्ड्रोम (ईडीएस) नामक दुर्लभ छाला रोग लागेको थियो। कनेक्टिविटी ऊतक विकार जसले शरीरको कोलेजन उत्पादन गर्ने क्षमतालाई रोक्छ। जसको कारण सारा आफ्नो उमेरभन्दा बुढी देखिदै गइन । तर अहिले उनी मोडल भएकी छिन् र अहिले २६ वर्षकी भइन्।

साराले एक भिडियोमा भनेकी छन्, “म सोच्थे कि मेरो छाला सबै भन्दा ठुलो असुरक्षा हो। तर अहिले मलाई यो नै सबै भन्दा राम्रो लाग्छ। प्रत्येक असफलता तपाईको लागि व्यक्तिगत छ। यसले तपाईको बारेमा कथा भन्छ । तपाई को हो र तपाईको संघर्ष र यात्रा बताउँछ। “

मिनेसोटामा स्थायी घर भएकी सारा हाल लस एन्जेल्समा बस्छिन्। उनि सुन्दरतालाई सोच्ने तरिका परिवर्तन गर्ने मिसनमा छिन् । २०१५ मा उनले आफ्नो कथा लव अफ योर लाइन भन्ने अभियानमा बुजाएकी थिइन्। त्यो अभियानमा महिला असिद्धताहरूको प्रशंसा गर्छ ।

प्रतिक्रिया