यी रोगीले भुलेर पनि नखानुहोस् कागती

रिता घिसिंग

एजेन्सी : कागती पानी नरुचाउने व्यक्ति कम भेटिन्छन् । सामान्यतय कागती वा कागती पानी खानु स्वास्थ्यको लागि राम्रो मानिन्छ । मोटोपना घटाउन, शरीरमा उर्जा थप्न देखि हरेक किसिमले कागतीको फाईदा धेरै छ ।

कागतीको अत्यधिक प्रयोगले स्वास्थ्यमा नकारात्मक असर गर्छ । कागतीमा पाइने केही तत्वले स्वास्थमा जटिलता र दाँतमा समस्या निम्त्याउने गर्छ । कतिपय स्थितिमा कागती पानीले नकारात्मक असर गर्ने गर्छ ।

कसकसले प्रयोग गर्नुहुँदैन कागती
कागती पानीमा एसिडको मात्रा धेरै हुन्छ । कागती पानीको धेरै प्रयोग गर्नाले एसिडिटी वढ्ने, मुटुको जलन र एसिड रिफलक्स जस्ता समस्याले सताउने गर्छ । मुटुका रोगीहरु कागती पानीबाट टाढा बस्नु नै फाइदा हुन्छ । गर्मीको समयमा दिनको तीन चार पटक पनि कागती पानी पिउने गर्छन् । जसले स्वास्थलाई नराम्रो असर गर्छ ।

अल्सर भएका व्यक्तिले कागती पानी नखानु राम्रो हुन्छ । पेट दुख्ने र पोल्ने समस्याले अल्सरले विकराल रुप समेत लिनसक्छ । आफ्नो शरीरको अवलोकन गरेर मात्र कागती पानी पिउँदा यसको लाभ लिन सकिन्छ ।

कागती पानी धेरै पिउनाले दाँतको इनामेल नष्ट भई टुक्रिने, फुट्ने र सेन्ट्रिभेट वढ्न सक्छ । दाँतको समस्या भएको व्यक्तिहरुले कागती पानी पिउन हुँदैन् । आफ्नो शरीरले खप्नसक्ने जति मात्र कागती पानी पिउन सकिन्छ । पिसाबसँग सम्बन्धित समस्या भएको व्यतिmले कागती पानी पिउन हुँदैन् ।

कागती पानीले छिटो पिसाब लाग्नुको कारण यस खालका समस्याहरुमा प्रभावित पर्छ । डाइबेटिज र पथरीको सर्जरी गरेको व्यतिmलाई कागती पानी निकै घातक हुन्छ ।

कागती पानीले कफ र पित्त वढाउँछ । कफ र पित्तको समस्या भएको व्यक्तिले कफ र पित्त वढाउने सम्भावना धेरै हुन्छ । कागती पानी पिउने बानीेले आफ्नै शरीरलाई ठूलो समस्यामा पार्छ । स्वस्थ र व्यस्त रहन अत्यधिक कागती पानी पिउनबाट टाढा रहनुपर्छ ।

विशेषज्ञका अनुसार पेट, दाँत, मुटुको समस्या भएको व्यक्तिलाई कागती पानी पिउँदा शारिरीक समस्या जन्मिन्छ । कागतीमा पाइने एसिड र मानव शरीरमा पाइने एसिड मिश्रण हुँदा अझै स्वास्थ्य बिग्रने सम्भावना धेरै हुन्छ ।

यी समस्याबाट टाढा हुनुहुन्छ भने कागती पानीको प्रयोग गर्दा खासै समस्या हुँदैन् ।

प्रतिक्रिया