यी शर्तमा रिहा भए गायक दुर्गेश थापा !

मनिषा थापा

काठमाडौँ : गायक दुर्गेश थापा रिहा भएका छन् । सामाजिक सहिष्णुतामा आँच आउने खालको गीत गाएको भन्दै महानगरिय प्रहरी अपराध महाशाखाको टोलीले मङ्गलबार पक्राउ परेका हुन्। आगामी दिनमा यस्तो गीत नगाउने र विवादित बनेको गीत सच्चाउने कागजी सम्झौतासहित थापालाई रिहाई गरिएको छ।

उनको नयाँ गीत ‘ह्याप्पी तिहार’मार्फत समाजमा वियर, गाजा लगायतका सामग्रीलाई प्रोत्साहन गर्दै समाजमा गलत सन्देश प्रवाह गरेको आरोपमा गायक थापाविरुद्ध उजुरी परेको थियो। उजुरीको आधारमा प्रहरीले आज दिउँसो काठमाडौंस्थित गोंगबुबाट गायक थापालाई पक्राउ गरेको थियो।

पक्राउ परेका उनले प्रहरी कार्यलयमा आफूबाट हुन् गएको गल्ती स्वीकार गर्दै युट्युब च्यानलबाट गीत हटाएका छन्। आफूले गीतमा प्रयोग गरेका शब्दले समाजको संस्कृति भड्किएको भन्दै उनले क्षमा समेत मागेका छन्। प्रहरी कार्यलयमा सम्झौताअनुरुप उनले अन्य दर्शक/श्रोतालाई समेत उक्त गीत पुनःअपलोड नगर्न सार्वजनिक रुपमा अनुरोध समेत गरेका छन्। उनले अब उक्त गीतलाई पुन सच्चाएर अपलोड गर्ने बताएका छन्। यस्तो छ गायक दुर्गेश थापाको विज्ञप्ति….

प्रतिक्रिया