यी हुन् अहिलेसम्म निषेधाज्ञा नभएका तीन जिल्ला

admin

काठमाडौं, ३ जेठ : कोरोना भाइरस संक्रमणको चेन ब्रेकका लागि मुलुकभरका ७४ जिल्लामा निषेधाज्ञा जारी भएको छ ।

७० जिल्लामा जिल्लाभर र चार जिल्लामा आंशिक निषेधाज्ञा जारी भएको छ । तर, मनाङ, खोटाङ र तेह्रथुम जिल्लामा भने अहिलेसम्म निषेधाज्ञा लगाइएको छैन ।

सबैभन्दा पहिले बाँकेमा वैशाख १३ गतेदेखि एक साताका लागि भन्दै निषेधाज्ञा लगाइएको थियो । काठमाडौं उपत्यकाका तीन जिल्लामा वैशाख १६ गतेदेखि निषेधाज्ञाको आदेश जारी गरिएको थियो । देशभरको संक्रमण दर पछिल्लो तीन दिनमा कमी आए पनि मृत्युदर उस्तै छ ।

प्रतिक्रिया