यी हुन् आईपीएलको अक्सनमा सूचीकृत १५ नेपाली खेलाडी

admin

काठमाडौं, ८ माघ : आगामी माघ २९ र फागुन १ गते हुने इन्डियन प्रिमियर लिग (आईपिएल) को अक्सनमा नेपालबाट १५ जना खेलाडीले नाम दर्ता गराएका छन्।

नेपाल क्रिकेट संघ क्यानका अनुसार बैंलुरूमा आयोजना हुने मेगा अक्सनका लागि नेपालबाट १५ जना खेलाडीको नाम दर्ता गरेको हो। नेपालबाट कप्तान सन्दीप लामिछानेसहित १५ जनाको सूची क्यानले सार्वजनिक गरेको हो ।

यसअघि सन्दीपले आइपिएलका ३ सिजन दिल्लीबाट खेलिसकेका छन्। क्यानले सार्वजनिक गरेका सूची अनुसार नेपालका यी १५ खेलाडी अक्सनका लागि दर्ता भएका छन् ।

आइपिएलले २५ जनवरी सम्म फ्रेन्चाइज लिगलाई कुनै खेलाडीको नाम दर्ता गराउन पर्ने भए समय दिएको छ। १० टोलीले रिटेन मार्फत ३३ खेलाडी टोलीमा अनुबन्ध गरि सकेका छन्। त्यसपछि आइपिएलले खेलाडीको नाम सर्टलिष्ट गर्नेछ । सर्ट लिष्टमा पर्ने खेलाडी मात्र मेगा अक्सनमा जानेछन् ।

दर्ता गराएको नामबाट आइपिएलमा सर्ट लिट हुनेछ । सर्ट लिस्टमा पर्ने खेलाडी अक्सनमा जानेछन् । यस सिजनदेखि आइपिएलमा १० टोलीको सहभागीता रहने छ ।

एक टोलीले बढीमा २५ खेलाडी राख्न पाउनेछन् । जसमा ८ विदेशी खेलाडी हुने छन् । १० विदेशी खेलाडी रिटेन भई सकेको अवस्थामा अव ७० विदेशी खेलाडी आइपिएल अक्सनमा विक्नेछन् ।

आइपिएलले १ हजार २ सय १४ खेलाडीले नाम दर्ता गराएको जनाएको छ । जसमा ८ सय ९६ जना भारतीय र ३ सय १८ विदेशी खेलाडी छन्। एसोसियट देशबाट ४१ खेलाडी छन्।

कुन देशबाट कति जना
अष्ट्रेलियाबाट ५९
दक्षिण अफ्रिकाबाट ४८
वेस्टइन्डिजबाट ४१
श्रीलंकाबाट ३६
इंग्ल्यान्डबाट ३०
न्युजिल्यान्डबाट २९
अफगानिस्तानबाट २०
नेपालबाट १५
अमेरिका १४
बंगलादेशबाट ९
नामिबियाबाट ५
आयरल्यान्डबाट ३
ओमानबाट ३
जिम्बावेबाट २
भुटानबाट १
नेदरल्यन्ड्सबाट १
स्कटल्यान्डबाट १

नेपालबाट दर्ता भएका खेलाडीहरू

आशिफ शेख
पवन शर्राफ
सन्दीप जोरा
कुशल भुर्तेल
रोहित पौडेल
सुशन भारी
आरिफ शेख
अविनाश बोहोरा
विनोद भण्डारी
शरद भेषावकर
कुशल मल्ल
करण केसी
सोमपाल कामी
दीपेन्द्र सिंह ऐरी
सन्दीप लामिछाने

प्रतिक्रिया