यी हुन् राष्ट्रियसभा सदस्यमा निर्वाचित, कांग्रेस ‘निल’

admin

काठमाडौं, माघ ९ : राष्ट्रियसभामा रिक्त हुने १८ सदस्यका लागि बिहीबार सम्पन्न निर्वाचनको सबै परिणाम सार्वजनिक भएको छ ।

नेकपाका १६, राजपाका दुई
निर्वाचित हुनेमा १६ जना सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार रहेका छन् भने प्रदेश नम्बर–२ बाट राजपा नेपालका दुईजना निर्वाचित भएका छन् ।

प्रदेश–१
परिणामअनुसार प्रदेश नम्बर–१ बाट नेकपाकी इन्दिरा गौतम, देवेन्द्र दाहाल र गोपी अछामी निर्वाचित भएका छन् ।

प्रदेश–२
त्यस्तै, प्रदेश–२ बाट नेकपाकी तुलसा दाहाल, राधेश्याम पासवान तथा राजपा नेपालका शेखर सिंह र मृगेन्द्र सिंह यादव निर्वाचित भएका छन् ।

वाग्मती प्रदेश
यता, वाग्मती प्रदेशबाट नेकपाका वेदुराम भुसाल र गंगा बेलबासे विजयी भएका छन् ।

गण्डकी प्रदेश

यस्तै, गण्डकी प्रदेशबाट नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने निर्वाचित भएका छन् ।
प्रदेश–५
प्रदेश नम्बर–५ बाट नेकपाकी विमला घिमिरे, नेकपाकै जगप्रसाद शर्मा र गोपाल भट्टराई निर्वाचित भएका छन् ।

कर्णाली प्रदेश
कर्णाली प्रदेशबाट नेकपाकै मायाप्रसाद शर्मा र सुमित्रा बिसी निर्वाचित भएका छन् ।

सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेशबाट नेकपाकी शारदा भट्ट र तारामान स्वार निर्वाचित भएका छन् ।

कांग्रेस शून्य
यस निर्वाचनमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले एक सिट पनि जित्न सकेन । यसअघि जितेका सातओटा सिट पनि कांग्रेसले गुमाएको छ ।

मतदान
सातओटै प्रदेशमा बिहीबार बिहानदेखि अपराह्नसम्म मतदान भएकामा करिब ९८ प्रतिशत मत खसेको थियो । सातओटा प्रदेशमा प्रदेशसभा सदस्यतर्फ ५५० र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख एक हजार ५०६ गरी कुल दुई हजार ५६ जना मतदाता रहेका थिए । प्रदेश सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख/उपप्रमुखको मतभार १८ रहेको थियो ।

प्रतिक्रिया