यी हुन् विश्वकै महंगो मः मः

रिता घिसिंग

एजेन्सी : एउटा मः मः ले महंगो मूल्यको रेकर्ड राखेको छ । जर्मन कम्पनी युम्बौको उत्पादन मः मः ले विश्वकै सबैभन्दा महंगो मः मः का रुपमा आफूलाई गिनिज वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाउन सफल भएको छ ।

चीनका होङ्गमेई झाङ र जर्मनीका केभिन ब्रुकले संचालन गरेको कम्पनीको मः मः विश्वकै सबैभन्दा महंगो मः मः हो । निलो रंगको ममको मुल्य ४६०.३२ युरो अर्थात् ५१७.०३ डलर पर्छ । अहिलेको नेपाली रुपैयाँ करिब साढे ५७ हजार ।

गिनिज वर्ल्ड रेकर्डका अनुसार उक्त मः मः विशेष कुरा राखिएको छ । त्यो विशेष कुरामध्ये सबैभन्दा विशेष हो यार्सा गुम्बा । त्यस्तै केशर, ट्रुफल (विशेष प्रकारको च्याउ), ब्लुबेरी पाउडर लगायतका कुराहरु त्यसमा राखिएका कारण सो मः मःको मूल्य विश्वमै सबैभन्दा महंगो हुन पुगेको हो ।

त्यतिमात्र नभई उक्त मः मः मा ब्ल्याक बोन चिकेन पनि प्रयोग गरिएको हुन्छ । यो चिकेन विशेष गरी चीनमा पाइन्छ भने यो सामान्यतया अरु चिकेनहरु भन्दा महंगो छ

मः मः बनाउने मैदामा केही प्राकृतिक रसायनहरुबाट यसलाई निलो रंग दिइएको हुन्छ । यो चीनमा परम्परागत रुपमा ताजा वस्तुहरुको प्रयोगको चिनारी स्वरुप प्रयोग गर्ने गरिएको बिधी हो । यो भोजनलाई उच्च गुणयुक्त, स्वस्थ र सौन्दर्यका का साथै स्वादिष्ट पनि हुने भएकाले आफूहरुले त्यसरी नै उत्पादन गर्न लागेको होङ्गमेई र केभिनको भनाई छ ।

प्रतिक्रिया