यी हुन् विश्वकै सबैभन्दा सानो देश, जसको जनसंख्या २७ मात्र !

रिता घिसिंग

एजेन्सी : एउटै परिवारमा २५ देखि ३० जनासम्म हुन्छन् । दक्षिण एसियाका कतिपय मुलुकमा संयुक्त परिवार अझ ठूलो संख्या पनि हुने गर्दछ । तर, कुनै सिंगो मुलुकको जनसंख्या एउटा संयुक्त परिवार भन्दा सानो ! अचम्म लाग्न सक्छ । युरोपको सानो मुलुक सील्याण्डको जनसंख्या २७ मात्र छ । पत्याउनु भएन ?

माइक्रो नेसनका नामले पनि चिनिने, विश्वकै सबैभन्दा सानो देश सील्याण्डको जनसंख्या मात्र २७ छ । सुन्दा अचम्म लाग्छ तर यो सत्य हो । मात्र शून्य दशमलव शून्य शून्य एक वर्ग किलोमिटर क्षेत्रफल भएको सील्याण्ड युरोपको बिकसित देश बेलायतको नजिकै रहेको छ । समुद्री तटबाट झन्डै १० किलोमिटरको दुरीमा रहेको यो शहर खण्डहर भएको पुरानो किल्लामा अवस्थित छ । यो किल्ला दोस्रो बिश्व युद्धको समय ब्रिटिस सरकारले निर्माण गरेको थियो ।

रोय बेट्स नाम गरेका व्यक्तिले सन २०१२ मा आफुलाई सील्याण्डको राजकुमार घोषित गरेका थिए । र, उनको मृत्यु पछि सील्याण्डमा उनका छोरा माइकलले शासन गरिरहेका छन् । तर सील्याण्डलाई छुट्टै देशको अन्तर्राष्ट्रिय मान्यता भने प्राप्त भएको छैन । तथापि सीलाण्ड अन्तर्राष्ट्रिय मान्यता प्राप्त राष्ट्र बन्न प्रयासरत् छ । अहिले सम्म संसारकै सानो देशको रुपमा भ्याटिकन सिटीले मान्यता पाएको छ, जसको क्षेत्रफल ० दशमलव ४४ वर्ग किलोमीटर र ८ सय जनसंख्या रहेको छ ।

प्रतिक्रिया