यी ९ वर्षीया बालिकाको जीवनमा आधारित डकुमेन्ट्री ओस्कारमा मनोनयन

रिता घिसिंग

एजेन्सी : तमिलनाडूकी नौ वर्षीया बालिका कमली मूर्तीका जीवनमा आधारित निर्माण भएको डकुमेन्ट्रीलाई ओस्कारमा मनोनयन गरिएको छ। यो डकुमेन्ट्रीलाईमा कमली मूर्ती र उनकी आमाको संघर्षलाई देखाइएको छ। २४ मिनेटको यो डकुमेन्ट्रीको निर्माता साशा रेनबोले निर्देशन गरेका छन्। यो डकुमेन्ट्री आगामी वर्ष २०२० ओस्कार अवार्डकालागि मनोनयन गरिएको हो।

डकुमेन्ट्रीमा कमली मूर्तीकी आमा सुगंतीले कसरी आफ्नी छोरीकालागि समाजको रुढीवादी परम्पारलाई तोड्छिन् र आफ्नी छोरीलाई स्केटबोर्ड च्याम्पिन बनाउँछिन् भन्ने देखाइएको छ। यो डकुमेन्ट्री जम्मा ६ हप्तामा शुटिङ गरिएको थियो।

डकुमेन्ट्रीलाई डिसेम्बर २०१८ मा मुम्बई इन्टरनेशनल शर्ट फिल्म फेस्टिभलमा पठाइएको थियो। त्यहाँ उक्त डकुमेन्ट्रीलाई बेस्ड डाइरेक्टर अवार्ड प्राप्त भएको थियो। साथै यसले अटलांटा फिल्म फेस्टिभलमा पनि डकुमेन्ट्री अवार्ड जितेको थियो।

कमली तमिलनाडूको एक सानो माछा समाउने सहर महाबलिपुरमकी एकमात्र फिमेल चाइल्ड स्केटबोर्डर हुन्। कमली पहिलो पटक त्यतिबेला चर्चामा आएकी थिइन् जतिबेला टोनी हकको नजर उनीमाथि परेको थियो। टोनी एक चर्चित स्केटबोर्डर हुन्। टोनी हकले आफ्नो फेसबुक पेजमा कमलीको फोटो शेयर गरेका थिए।

प्रतिक्रिया