युनियन लाइफ इन्स्योरेन्स बनेपाले गर्यो काभ्रेका ५६ जना एजेन्सी म्यानेजरलाई सम्मान

admin

काभ्रे, १० असोज :  युनियन लाइफ इन्स्योरेन्स कम्पनी बनेपा शाखाको एजेन्सी मेनेजर सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ ।

आर्थिक समृद्धिका लागि बिमा क्रान्ती भन्ने मूल नाराका साथ बनेपा स्थित पञ्चकन्या पार्टीप्यालेसमा आयोजना भएको कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोज कुमार लाल कर्णको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमका विशिष्ट अतिथिमा कम्पनीकै बाग्मती प्रदेश प्रमुख हरि प्रसाद ढुङ्गाना,अतिथिहरु बागमती प्रदेशका उपप्रमुख प्रदिप चन्द्र भट्टराई, बिमारत्न दामोदर गौतम, एनप्याब्सन काभ्रेका अध्यक्ष तथा एबिएम स्कुलका प्रिन्सिपल राम प्रसाद तिमल्सिना,पाँचखाल भ्याली स्कुलका प्रिन्सिपल डि.बी ऐडी लगायत रहेका थिए ।

बनेपा क्षेत्रका क्षेत्रीय प्रमुख विक्रम खड्काले संचालन गरेको कार्यक्रममा युनियन लाइफ इन्स्योरेन्स कम्पनी पाँचखाल शाखा प्रमुख दोर्जे लामाले बिमा आजको आवश्यकता रहेको भन्दै बिमा गर्न सबैलाई आग्रह गरेका थिए ।

त्यस्तै बनेपा शाखाका एजेन्सी म्यानेजर सुमन भुजेल र सन्तोष दाहालले चालु आर्थिक वर्षभित्रमा बनेपा शाखाले दशौँ बिमारत्न जन्माएर इन्स्योरेन्स जगतमा इतिहास रच्ने दाबी गरे । उक्त कार्यक्रममा रेडियो गौरबका समाचार वाचक श्याम नेपाल सहित विभिन्न विधा अन्र्तगत ५६ जना एजेन्सी म्यानेजर सम्मानित भएका थिए ।

प्रतिक्रिया