युरोपको इतिहासमा नै पहिलो पटक आइसल्यान्डको संसदमा महिला सांसदको बहुमत

admin

एजेन्सी, ११ असोज : युरोपको इतिहासमा नै पहिलो पटक आइसल्यान्डको संसदमा महिला सांसदको बहुमत हुने भएको छ । नयाँ संसदमा आधाभन्दा धेरै सिटमा महिला सदस्य विजयी भएका छन् । आइसल्यान्डको संसद्का ६३ सिटमध्ये ३३ सिटमा महिला विजयी भएका बीबीसीले जनाएको छ ।

आइसल्यान्डको संसदमा महिलाका लागि कुनै आरक्षण सिट छैन । विश्व बैंकका अनुसार अहिलेसम्म अन्य कुनै पनि युरोपेली देशमा ५० प्रतिशतभन्दा बढी महिला कानुन निर्माण गर्ने तह संसदमा पुगेका छैनन् । यस पहिले स्वीडेनमा ४७ प्रतिशतको नजिक महिला सांसदको प्रतिनिधित्व बनाउन सफल भए पनि यो रेकर्डलाई आइसल्यान्डले तोडिदिएको छ ।

प्रतिक्रिया