युवतीलाई अभद्र व्यवहार गर्ने वडाध्यक्ष भण्डारीद्वारा आत्मसमर्पण

राष्ट्रिय समाचार समिति

दमौली, ९ भदौ: आफ्नै वडाकी एक युवतीलाई मोबाइल फोनमा यौनजन्य कुरा गरी अभद्र व्यवहार गरेको आरोपमा तनहुँको व्यास नगरपालिका–६ का वडाध्यक्ष सूर्यभक्त भण्डारीले प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको छ ।

फाइल फोटो

भण्डारीविरुद्ध सोही वडाकी एक युवतीले फोनमार्फत यौनजन्य आशयका कुरा गरेको भन्दै आइतबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि भण्डारीले आज प्रहरी कार्यालयमा आत्मसमर्पण गर्नुभएको हो । प्रहरीले भण्डारीलाई आज दिउँसो कार्यालय समयसम्म उपस्थित नभए पक्राउ गर्ने सन्देश पठाएपछि भण्डारीले आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिनुभयो ।

प्रहरी उपरीक्षक सिलवालका अनुसार भण्डारीलाई जिल्ला प्रशासन कार्यालयमा अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको छ ।

प्रतिक्रिया