युवती बनेर टिकटक मार्फत चर्चित निकेश श्रेष्ठ टेलिसिरियलमा {भिडियो सहित }

admin

पछिल्लो समय निकेश श्रेष्ठ टिक टक तथा अन्य सामाजिक संजालमा निकै चर्चामा छन्। उनि सुरुवाती दिनमा टिक टकमा युवतीको अवतारमा निर्त्य गरेर चर्चामा आएका हुन्। उनको भिडियो निकै चर्चित भएको थियो र उनलाई केटा भएर केटिको भेषमा आएर निर्त्य गरेकोमा धेरैनै ट्रल र मिमहरु बन्न थाले ।

यस पश्चात उनको परिवार मिडियामा आएर दुखेसो समेत पोखेका थिए । निक्स स्वयम्ले पनि आफु वास्तबमा केटानै भएको र टिक टक भिडियो बनाउनको लागि मात्र केटि बनेर भिडियो बनाएको बताएका थिए । सामाजिक संजालमा अत्यधिक मजाक बन्न थाले पछि निकेशले अब देखि केटि बनेर भिडियो नबनाउने कुरा एक मिडिया जानकारी गराएका थिए ।

निकेश श्रेष्ठ सामाजिक संजालमा चर्चित भए संगै उनलाई थुप्रै म्युजिक भिडियो तथा टेलीसिरियलहरुमा समेत नाचेको र अभिनय गरेको देख्न पाईन्छ ।उनले चर्चित मोडेल करिश्मा ढकाल, बिनोद श्रेष्ठ र निकेश श्रेष्ठ, दीपक लामिछानेले संग समेत अभिनय गरिसकेका छन् । हालै उनले एक हास्य टेलिशृंखला हंगामा मा समेत अभिनय गरेकी छन् ।

अतिथि मिडियाको प्रस्तुति रहेको हास्य टेलिशृंखला हंगामामा निकेशको अभिनय यो दोश्रो पटक रहेको अतिथि मिडियाका संचालक एबम निर्माता/निर्देशक जयराम कार्कीले जानकारी दिएका छन् । हेर्नुह्सो निकेश श्रेष्ठ अभिनित हास्य टेलिशृंखला हंगामा

प्रतिक्रिया