प्रेमिका लिन गएका युवालाई मा’रेको आरोपमा वडाध्यक्षसहित १२ प’क्राउ

राष्ट्रिय समाचार समिति

जाजरकोट, १२ जेठ : शनिबार बेलुकी रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित मल्ल थरकी युवतीलाई लिन गएका युवाहरु र गाउँलेको बीचमा भएको झ’डपमा परी बे’पत्ता भएका तीन जना युवाको ला’श फेला परेको छ । अझै चार जना बेपता भएको जिल्ला प्र’हरी कार्यालय जाजरकोटले जनाएको छ ।

प्र’हरीका अनुसार जाजरकोटको भेरी नगरपालिका–४ का २१ वर्षीय युवा नवराज विककी प्रेमिका सोतीकी युवतीलाई लिन भनी १९ जना गएका थिए । सोतीमा गाउँले र ती युवाहरुबीच झ’डप हुँदा भेरी नगरपालिका–४ नवराज विक र चौरजहारी नगरपालिका–१ टीकाराम सुनार र भेरी नगरपालिका–४ गणेश बुढाको ला’श फेला परेको छ ।

सुनार र विकको श’व आइतबार भेटिएको थियो भने गणेशको सोमबार भेटिएको छ । भेरी नगरपालिकाका सञ्जु विक, गोविन्द शाही, लोकेन्द्र सुनार र गोपाल बुढाथोकी शनिबारदेखि बेपत्ता छन् ।

घटनामा संलग्न चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बर मल्लसहित स्थानीय १२ जनालाई प’क्राउ गरिएको जिल्ला प्र’हरी कार्यालय रुकुम पश्चिमका प्र’हरी नायब उपरीक्षक ठकबहादुर केसीले जानकारी दिनुभयो । घ’टनाका घाइते आशिष विक र सरोज भँडेलले आफूहरु सोती पुगेदेखि नै जातीय विभेद्कारी गालीगलौज गर्दै ढुङ्गामुढा गरेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, “हामीलाई देख्ने बित्तिकै केटीकी आमाले यिनीहरु कु’टाइ नपुगेर फेरि आएको भन्दै गाली गर्न थालिन् ।”

उहाँले आफूहरुलाई बेसरी गाली गर्न थालेपछि फर्किएको बताउँदै भन्नुभयो,‘‘फर्किइसकेपछि गाउँलेहरु ढुङ्गामुढा गर्दै लखेट्दै आएपछि हामी भाग्यौँ । कोही कता कोही कता भयौँ । कतिजना भेरी नदीमा हाम्फाल्यौँ ।” करिब चार किलोमिटरभन्दा बढीको दूरीसम्म लखेटेको प्रत्यक्षदर्शी उर्मिला घर्तीले जानकारी दिनुभयो ।

भेरी नगरपालिकाबाट १९ युवा नवराजकी प्रेमिका १७ वर्षीया युवतीलाई भगाउन भनी गएका थिए । तीमध्ये १२ जना घा’इते छन् । यो समाचार तयार पार्दासम्म जाजरकोट जिल्ला प्र’हरी कार्यालयमा पीडित पक्षले दोषीमाथि कारवाहीको माग गर्दै धर्ना दिइरहेका छन् । जिल्ला अस्पतालमा राखिएको लाश परिवारले बुझ्न मानेका छैनन् । रुकुम पश्चिम जातीय छुवाछुत जिल्ला घोषणा भइसकेको छ ।

प्रतिक्रिया