युवा क्रिकेटर कुन्दनको निधन

admin

महोत्तरी, २६ पुस : राष्ट्रिय क्रिकेट खेलाडी कुन्दन सिंहको आइतबार निधन भएको छ । दुवै मिर्गौला खराब भएर लामो समयदेखि उपचाररत सिंहको २४ वर्षको उमेरमा निधन भएको हो । महोत्तरीको जलेश्वर नगरपालिका फुलहट्टा घर भएका कुन्दनले आर्थिक अभावका कारण मिर्गौला फेर्न सकेका थिएनन् ।

कुन्दनलाई सहयोग गर्न सरकारले चासो नदेखाएपछि जिल्ला क्रिकेट सङ्घ धनुषाका उपाध्यक्ष शोभाकान्त पाण्डेको अगुवाइमा जनकपुरमा ‘कुन्दन बचाऊ अभियान’ समेत चलाएर झण्डै सात लाख रुपैयाँ सङ्कलन गरी उनको उपचारमा सहयोग गरिँदै आएको थियो । नेपाल क्रिकेट सङ्घ (क्यान)ले पनि कुन्दनको निधनप्रति दुःख व्यक्त गरेको छ ।

प्रतिक्रिया