यूएईको नेपाली दूतावास गेटमा जथाभावी गरेमा जरिवाना र जे’ल, चार जना नेपाली कारबाहीमा

admin

काठमाडौं, १८ असोज : यूएईमा रहेको नेपाली दूतावास आबुधावीको गेटमा जथाभावी गरेमा कडा कारबाही हुने भएको छ । कु’टनीतिक नियोग भवन वरपर उभिएर दुई देशकै छविमा आँच आउने, उ’च्छृँखल गतिबिधि गर्ने तथा समाजिक सञ्जालमा जथाभावी लेख्नेलाई स्थानीय प्रशासनले कडा कारबाही गर्ने भएको हो ।

उक्त दूतावासको गेटमा कसैले जथाभावी रुपमा फोटो खिच्ने, भिडियो बनाए, दूतावासको आधिकारिक फेसबुक पेज तथा सामाजिक सञ्जालमा जथाभावी लेख्ने तथा प्रतिकृया जनाउनेलाई २ हजार दि’र्हाम अर्थात झण्डै ६४ हजार रुपैयाँ जरिवाना शुल्कसहित १ वर्षको जे’ल सजाय हुने भएको छ ।

कोरोनाका कारण लामो समयसम्म उडान बन्द हुँदा नेपाल फर्किन नपाएर समस्यामा परेका नेपालीले दूतावासको गेटमा धर्ना दिने, दूतावासका कर्मचारीसँग अ’भद्र व्यवहार गर्ने र राज्य विरुद्ध नाराबाजी गरेका भिडियो सामाजिक सञ्जालमा भाईरल भईरहेका थिए ।

भिडियो बनाउँदै सामाजिक सञ्जालमा उ’च्छृँखल गतिबिधि गर्ने, सामाजिक सञ्जालमा नराम्रा टिप्पणी गर्ने हालसालै ४ जना नेपालीलाई पक्राउ गरी कारबाही प्रकृया अगाडि बढाइएको स्रोतले जनाएको छ ।

दुई महिना पहिले दूतावासको गेटमा पुगेर कपिलवस्तुका एक व्यक्ति (परिचय खुलाउन नचाहेको) ले नेपाली भाषामा बोल्दै राज्य विरुद्ध मुर्दावादको नारा लगाएको भिडियो टिकटकमा राखेका थिए । सोही भिडियोका कारण अहिले उनी आबुधावीमा रहेको अल वात्बा जे’लमा छन् ।

त्यस्तै कामको खोजीमा भिजिट भिसामा यूएई आएका धरानका एक व्यक्ति अहिले यूएईमा जे’ल जीवन बिताइरहेका छन् । कारोनाका कारण लामो समयसम्म काम बिहीन भएर बस्दा चि’न्ता थपिएसँगै आवेशमा आएर उनले नेपाली दूतावासको फेसबुक पेजमा कमेन्ट लेख्दै भनेका थिए ‘छिट्टै आबुधावी दूतावासमा गएर आ’गो लगाइदिन्छु र दूतावास भवन तथा कर्मचारीलाई ब’मले उडाइदिन्छु ।’

कमेन्ट गरेका कारण ती व्यक्ति अगष्ट तेस्रो साता नेपाल जान विमानस्थल पुगेका बेला दुबई बिमानस्थलमा पक्राउ परेका हुन् । पक्राउ परेका उनलाई आबुधाबी तल्लो अदालतले २ हजार दि’र्हाम जरिवाना र एक वर्ष जे’ल सजाय सुनाएको परिवारले जनाएको छ ।

यसरी पक्राउ परेका नेपाली नागरिकका परिवारले दूतावासलाई सहयोग गरिदिन अनुरोध गरेका छन् । उनीहरुले लिखित निवेदन दिँदै गल्तीको महसुस गरेकाले माफी दिन अनुरोध गरेका छन् । जे’ल जीवन बिताइरहका नेपालीको परिवारले नेपाली दूतावास आफैंले मुद्दा लगाएर फसाएको गुनासो गरेका छन् ।

पीडित परिवारले दूतावास आफैंले मुद्दा लगाएर नेपाली नागरिक फसाएको र अन्य सहयोग नगरेको आरोप लगाएका छन् । तर नेपाली दूतावास आबुधावीले कोही नेपाली नागरिकमाथि मुद्दा नलगाएको जनाएको छ । यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले भने, ‘समस्यामा परेका नागरिकलाई हामीले नै हेर्ने जिम्मेवारी हो, हामी आफैंले मुद्दा लगाउने भन्ने होइन ।’

कानुन विपरित गर्ने कामको स्थानीय प्रशासनले सेन्सर गरेर वा आफ्नो माध्यममार्फत कानुनी दायरामा ल्याउने भए पनि दूतावास आफैंले कसैलाई मुद्दा नलगाएको राजदूत ढकालले बताएका छन् । यस्तै दूतावासले पनि भवन अघिल्तिर सूचना टाँसेर फोन र भिडियो नबनाउन अनुरोध गरेको छ ।

यसअघि पनि दूतावासको गेटमा पुगेर एक समूहले स्थानीय कर्मचारीमाथि हा’त’पा’त गर्ने र अर्को समूहले फोटो भिडियो खिच्दै प्रहरी बोलाउने गरेका थिए । हा’त’पा’त गर्दा रगतसमेत देखिएपछि फोन गरेर प्रहरी बोलाउने र भिडियो बनाउनेहरु नै पक्राउ परेका थिए । त्यसरी पक्राउ परेका रमेश कट्टेल (नाम परिवर्तन) र राम थापालाई दूतावासकै सहयोगमा नेपाल पठाइएको छ ।

प्रतिक्रिया