यूएईद्वारा नयाँ रोजगारको भिसासँगै ठूलो क्षेत्रमा प्रवेश अनुमति

admin

एजेन्सी, २१ असोज : यूएईले नयाँ रोजगार भिसा दिन सुरु गरेसँगै ठूलो क्षेत्रमा प्रवेश अनुमति दिएको छ । यूएईले त्यहाँको सरकारी तथा अर्धसरकारी क्षेत्रमा रोजगारीको लागि भिसा दिन सुरु गरेको गल्फ न्युजले जनाएको छ ।

राष्ट्रिय आपत्कालीन संकट तथा विपत्ति व्यवस्थापन प्राधिकरणको समन्वयमा त्यहाँको परिचय र नागरिकताको लागि संघीय प्राधिकरणले यो निर्णय गरेको हो ।

आधिकारिक च्यानलबाट प्राप्त प्रवेश अनुमतिलाई मात्र लिइने र कोभिड-१९ को संक्रमणलाई कम गर्नको लागि वायुसेवा कम्पनीले लागू गरेका सावधानीहरु अपनाउनुपर्ने दुईवटै निकायले बताएका छन् ।

यस्तै रोजगारदाताले नै श्रमिकलाई लिन जानुपर्ने र सम्बन्धित निकायको समन्वयमा उनीहरुलाई १४ दिनसम्म क्वरेण्टीनमा राख्नुपर्ने हुन्छ । घरेलु कामदारको लागि पनि प्रवेश अनुमति खुल्ला गरिएको इमिरेट न्युज एजेन्सीलाई उदृत गदै गल्फ न्युजले जनाएको छ ।

परिचय र नागरिकताको लागि संघीय प्राधिकरणका अनुसार वैध भिसा भएका सबै देशका घरेलु कामदारलाई प्रवेश अनुमति दिइनेछ । यस्तै प्राधिकरणले यूएईमा कामदारहरूको प्रवेशलाई सहज पार्न पूर्व–प्रवेश परीक्षाको मापदण्ड पालनाको महत्वलाई पनि जोड दिएको छ ।

प्रतिक्रिया