योगेश भट्टराईलाई तत्काल अस्ट्रेलिया छाड्न हस्ताक्षर अभियान शुरु

admin

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश कुमार भट्टराईले आफ्नो अस्ट्रेलिया भ्रमणका सन्दर्भमा गलत समाचार सम्प्रेषण गरेको दावी गरेतापनि अष्ट्रेलियाली नागरिकले भने आक्रोश ब्यक्त गर्दै मन्त्रि योगेश भट्टराईलाई तत्काल अष्ट्रेलिया छाड्न हस्ताक्षर अभियाननै संचालन गरेका छन्।

सिड्नीका सुरक्षाकर्मीले नेपाल भ्रमण वर्ष २०२० को र्‍याली गर्न रोक लगाएको समाचार सार्वजनिक भएपछि भट्टराईले त्यसमा कुनै सत्यता नरहेको दावी गरेका थिए। उनले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत ‘काल्पनिक र गलत समाचार सम्प्रेषण गरेर मुलुकको प्रतिष्ठा र मित्र राष्ट्रसँगको सम्बन्धमा किन खेल्न खोजिएको हो ? नियत गम्भीर छ,’ भन्दै स्पष्टिकरण समेत दिएका थिए।

तर इतिहासकै गम्भीर डढेलोको मारमा फसेका अस्ट्रेलिया बासि भने मन्त्रि योगेश भट्टराई भिजिट नेपाल २०२० को लागि पर्यटन प्रबर्धन गर्न अस्ट्रेलिया पुगेको प्रति आक्रोशित बनेका छन्। “Leave Australia ASAP Yogesh Bhattarai. Australians need support and pray not a holiday” नामक पेटिसन नै शुरुवात गरेर अहिले योगेश भट्टराईप्रति आक्रोश शुरु भएको छ। अहिलेसम्म उक्त पेटिसनमा ५०५ जनाले हस्ताक्षर गरेका छन। साथसाथै सामाजिक संजाल फेसबुक र ट्वीटरमा समेत भट्टराईको निकै आलोचना गरिएको छ।

प्रतिक्रिया