यो वेबसाइटबाट लिक भयो चलचित्र ‘२.०’

रिता घिसिंग

एजेन्सी : सुपरस्टार रजनीकान्त र अक्षय कुमारको फिल्म २.० पनि रिलिजको केही घण्टामै लिक भएको छ । फिल्म हाइ डेफिनेशन क्वालिटीमै लिक भएको हो । फिल्म पाइरेसीको लागि चर्चित वेबसाइट तमिल रकर्सले फिल्म लिक गरिदिएको हो । करिब ५१४ करोड लागतमा बनेको यो फिल्म भारतको अहिलेसम्मको सबैभन्दा महंगो फिल्म हो । फिल्ममा रजनीकान्त, अक्षय कुमारसँगै एमी ज्याक्सन अहम भूमिकामा छिन् ।

फिल्म लिक हुन नदिन निकै पहिलेदेखि प्रयास भइरहेको भए पनि सफलता नमिलेको बताइएको छ । फिल्म निर्माताले लिक रोक्नको लागि पूरै टिम खडा गरेका थिए । यसअघि आमिर खान र अमिताभ बच्चन स्टारर फिल्म ठग्स अफ हिन्दोस्तान पनि यही वेबसाइटले लिक गरेको थियो । ठग्स लिक भएसँगै तमिल रकर्सले २.० लिक गर्ने ट्वीटरमार्फत घोषणा गरिसकेको थियो । यो घटनाले शाहरुख खानको फिल्म जीरोका लागि पनि चिन्ता बढाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू