यो सरकार काम नलाग्ने सरकार भयो: भुपेन्द्र जंग शाही

मनिषा थापा

पिएनपिखबर : तरुण दलका महासचिव भुपेन्द्र जंग शाहीले अहिलेको सरकार काम नलाग्ने बताएका छन्। भ्रष्टाचार विरुद्ध बोल्दा सांघेतिक हमला भएकोमा सरकारको हात देखिएको उनको आरोप छ। तरुण दलले जनताको समस्याबारे हरेक आवाजलाई समर्थन रहेको उनको भनाई छ।

उनले ज्ञानेन्द्र शाही एउटा पार्टी नभएर स्वतन्त्र नागरिक रहेको बताएका छन्। चितवनमा निर्घात कुटपिटबाट घाइते भई वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार्थ रहेका शाहीलाई आज डिस्चार्ज गरिएको छ। उनीमाथि भएको सांघेतिक हमला पछि सर्वत्र विरोध भईरहेको छ। सामाजिक संजालबाट पनि उनका समर्थकहरुले विरोध गरिरहेका छन्।

शाहीमाथि यो तेस्रो हमला हो। उनले आफुमाथि हमला गर्ने लगाउने वाईसियल, पर्यटन मन्त्री योगेश भट्टराई, प्रचण्ड पुष्प कमल दाहाल र उनकी छोरी चितवनकी मेयर रेणु दाहाल रहेको दावी गरिरहेका छन्।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू