यौन उत्पीडनमा नाम मुछिएपछि ‘इन्डियन आइडल’को निर्णायकबाट बाहिरिए संगीतकार अनु मल्लिक

मनिषा थापा

एजेन्सी  :  सामाजिक संजालमा मी टूको अभियान चलिरहेको बेला संगीतकार अनु मल्लिकमाथि पनि यौन उत्पीडनको आरोप लागेको छ। गायिका सोना महापोत्रा र श्वेता पंडितले अनुमाथि आरोप लगाएका हुन्।

यौन उत्पीड़नको आरोपको घेरामा आएका अनुभवी र वरिष्ट संगीतकार अनु मल्लिकलाई ”इंडियन आइडल १०’को जजबाट बाहिरिनु परेको छ। गायिका सोना र श्वेताले यौन उत्पीडनको आरोप लगाएपछि थप दुई गायिकाले पनि अनुमाथि आरोप लगाएका छन्।

एक विज्ञप्ति जारी गर्दै सोनीले सो कुरा जनाएको हो।  अनुमाथि चार महिलाले यौन उत्पीडनको आरोप लगाएका छन्। सोनीले आफ्नो विज्ञप्तिमा सोनुको सट्टा अर्को व्यक्तिलाई निर्णायक बनाइने जनाएको छ।

कार्यक्रमबाट बाहिरिएपछि अनुले काममा ध्यान दिन नसकेको भन्दै केही समयका लागि विश्राम लिएको प्रतिक्रिया दिएका छन्।

अनुका वकिलले आरोपको खण्डन गर्दै उनको चरित्रहत्याको दुष्प्रयासमात्र भएको जनाएका छन्। यसैगरी अनुमाथि लागेको आरोपमा गीतकार समिरले भने उनको बचाउ गरेका छन्। उनले श्वेता पंडितको अडिसनका क्रममा आफू उपस्थित रहेको र पंडितले भनेजस्तो केहि नभएको दाबी गरेका छन्।

भारतमा पछिल्लो समय ‘मि टु’ अभियानमा थुप्रै चर्चित सेलिब्रेटी, राजनीतिज्ञ तथा पत्रकारहरूको नाम दागी बनिसकेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू