रक गायिका सरस्वति भुजेल अभिनित ‘द डार्क एण्ड लाईट’को पहिलो गीत सार्वजनिक[भिडियो सहित]

शर्मिला गुरुङ

काठमाडौँ, २८ असार : चर्चित रक गायिका सरस्वति भुजेलको डेब्यु चलचित्र “द डार्क एण्ड लाईट”को पहिलो गीत सार्वजनिक भएको छ।

खालिङ सिस्टर्स मुभिज प्रालिको ब्यानरमा निर्माण भएको ‘द डार्क एण्ड लाईट’ चलचित्रको “राधा कृष्ण” नामको गीतको भिडियो हिजो शुक्रबार सार्वजनिक गरिएको हो।

उक्त गीतको भिडियोमा नायिका मरिष्का पोखरेलका साथै चलचित्रका नायक पिटर खालिङ र गायिका सरस्वती लामाको राम्रो अभिनय देख्न सकिन्छ । डेविड शंकर र सरस्वति भुजेको गायन रहेको यस गीतमा राजेन्द्र थापाको शब्द तथा दीपक शर्माको संगीत रहेको छ ।

पोखराको मनोरम दृष्यमा खिचिएको यस गीत निकै नै आकर्षण बनेको छ । भदौ ६ गतेलाइ प्रदर्शन मिति तय गरिएको यस चलचित्रमा राजु अर्याल, पिटर खालिङ तथा सरस्वती भुजेलको निर्देशन रहेको छ भने पिटर खालिङ, सरस्वती भुजेल, सेसुका राई, प्रिन्सा राई आदी कलाकारहरुको अभिनय रहेको छ ।

सरस्वती भुजेल तथा पिटर खालिङको निर्माण रहेको यस चलचित्रमा कुमार महर्जनको द्वन्द्व निर्देशन, शिव ढकाल तथा सविन भट्टराईको छायांकन र कमल राईको कोरियोग्राफी रहेको छ भने नायक, निर्माता तथा प्रस्तुतकर्ता पिटर खालिङकै कथा, पटकथा तथा संवाद रहेको छ ।
‘द डार्क एण्ड लाईट’ को गीत “राधा कृष्णा” हेर्नुहोस भिडियोमा :

प्रतिक्रिया