रणवीर सिंह कसरी बने करोडपति ?

रिता घिसिंग

एजेन्सी : जीवनमा सफल प्राप्त गर्नु छ भने मेहनत अवश्य गर्न जरुरी छ । एक सच्चा नागरिकले जीवनको लागि निरन्तर लागिपरेको हुन्छ । जव आफ्नै पसिना बगाई जीवन जिउन थाल्छ तव थाहा हुन्छ संघर्ष के हो भनेर । यस्तै जति पनि नाम चलेका व्यक्तित्व छन् उनीहरुले उक्त स्थान हासिल गर्न निकै मेहनत गरेको हुन्छ ।

 

यस्तै संघर्ष गरेर सबैले वाहावाहइ गर्ने अभिनेताको रुपमा चिन्न सफल भारतका अभिनेता रणवीर सिंह बताउँछन् आफूले धेरै मेहनत गरेर यो स्थान हासील गरेको हो । आफ्नो परिवारको लागि पनि त्यो दिनहरु एकदमै गह्रो रहेको भन्दै हरेक परिवारमा उतर चढाव हुने बताए । मंदिको समयमा फिल्हरुमा खास गरी नयाँलाई फिल्ममा नलिने समयलाई सम्झिदै रणवीरले उक्त समयमा आफूले आफैलाई सम्झाउदै त्यस्तो तर्फ ध्यान नदिइ निरन्तर काम गरेपछि आफ्नो पनि समय आउँछ भनेर लागि परेको बताए । जो कोहीलाई पनि मुम्बाई भन्दा बाहिराबाट आएर आफ्नो कला देखाउन चाहान्छ उसलाई सजिलो नहुने उनको भनाइ छ । भारतको मुम्बाई त्यस्तो सहर हो जहाँ भारतका हरेक कुनाबाट सपना लिएर आउँछन् ।

मुम्बाईमा कला देखाउन धेरै मेहनत गर्नु पर्ने हुँदा जो कोहिले पनि संघर्ष गरेको हुन्छ । रणवीर मुम्बाईमा हुर्केका हुन् । तर पनि उनले साँढे तीन वर्ष दुःख गरेको एक भारतीय मिडियासंगको कुराकानिमा भनेका छन् । आफू नयाँ नयाँ रहेको र कोही संग पनि चिन जान नभएको कारण त्यो समय उनलाई धेरै मुस्किलको समय रहेको बताए । उनलाई गाह्रो हुनको कारण थियो उनको अमेरीकाको पढाई । उनको हातमा कुनै जागीर थिएन । रणवीरका अनुसार उनलाई आर्थिक अवस्थाको चिन्ता थियो भने उक्त पिडाले निराश भइ अभिनय छोड्ने निर्णय लिएका थिए । उनले फिल्म जगतमा आफ्नो स्थान बनाउन नसक्ने सोचिसकेको भन्दै त्यो बेला आफूले फिल्म क्षेत्रका कोही पनि नचिनेको सुनाए । उनले भने , ”त्यो मेरो स्ट्रगलको समय थियो ।”

यसरी उनले आफ्नो कामलाई अगाडि बढाउँदै गएपछि आज उनले आफ्नो स्थान ओगटेका छन् । उनले धेरै हिट फिल्म दिइसेका छन् । उनले अभिनय गरेको फिल्म सिम्बा केही समय अगाडि रिलिज भएको थियो । उक्त फिल्ममा अभिनेत्री सारा अलि खान थिइन् । फिल्म सिम्बा राम्रो फिल्म बनेको कारण राम्रो कमाइ गरेको खबर बाहिरिएको थियो । उनको विवाहा पनि यसै वर्ष दिपिका पादुकोनसंग भएको थियो । दिपिका पनि अभिनयमा माहिर छिन् । रणवीर र दिपिका अभिनयकै क्रममा एक अर्कालाई मायाँ गर्न थालेका थिए । अनन्त उनीहरुले विवाह नै गरे ।

प्रतिक्रिया