रमेशलाई एकपछि अर्को राष्ट्रिय भावको गीति अवार्ड

admin

यस बर्षको प्रभु पे म्युजिक खवर म्युजिक अवार्डको राष्ट्रिय भावको गीतको अवार्ड गीतकार रमेश दहालले हात पारे । लगातार उत्कृष्ट गीतहरु सिर्जना गर्दै आएका दहालले सरकारी तथा निजिस्तरबाट प्रदान गरिने विभिन्न अवार्डहरु प्राप्त गरिरहेका छन् । यसै बर्ष मात्र उनले तीन ओटा उत्कृष्ट राष्ट्रिय भावको गीतका लागि राष्ट्रिय स्तरका अवार्डहरु प्राप्त गरे भने पप तथा आधुनिक गीत विधाका लागि पनि अवार्डहरु प्राप्त गरेका छन् ।

गत सुक्रबार नेपाल एकाडेमीको प्रेक्षालय, कमलादीमा सम्पन्न आठौ प्रभु पे म्युजिक खबर म्युजिक अवार्डमा प्रशिद्ध गीतकार कालिप्रसाद रिजाल, चेतन कार्की, यादव खरेल तथा चुडामणि देवकोटाको हातबाट दहालले उत्कृष्ट राष्ट्रिय भावको गीतको अवार्ड प्राप्त गरेका थिए । गीत–सङ्गीतका विविध पक्षका अनुसन्धानकर्ता गीतकार दहाल आधुनिक, पप, र राष्ट्रिय भावका गीत अधिक लेख्छन् ।

पुरस्कार प्राप्त गरिसकेपछि दहालले भने ‘सबै गीतकारका गीतहरु उत्कृष्ट नै थिए, तर पनि एक गीतलाई उत्कृष्टको अवार्ड दिनै पर्ने भएको र मेरो गीत अग्रगामी सोचको वकालत गर्ने खालको भएकोले उत्कृष्ट ठहरिएको हो । मेरो शव्दको गीत ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ गीत साधारण शान्तिप्रेमी नेपालीहरुको अपेक्षा र आवश्यकतामा केन्द्रित भएकोले जजहरुलाई मन परेको हुनुपर्छ’ ।

प्रतिक्रिया