रमेशले प्रेम प्रस्ताव नस्विकारेपछि रुदै लक्ष्मी ( भिडियो )

admin

कवि तथा गीतकार दिपा मेवाहाङ राईले आफ्नो पहिलो अफ़िसिएल म्युजिक भिडियो “हाँसी हाँसी” सार्वजनिक गरेकी छिन। सेण्टिमेन्टल भर्सनको यस गीतमा शब्द दिपा मेवाहाङ राईको रहेको छ भने संगीत कोरियामा नै रहनु भएका संगीतकार डिआर अटुको रहेको छ । गीतमा स्वर चर्चित तथा लोकप्रिय गायिका अन्जु पन्तको रहेको छ । गीतको संगीत संयोजन राजु कार्कीले गरेका हुन।

म्युजिक भिडियोमा कलाकार लक्ष्मी बर्देवा र रमेश बानियाको जिवन्त अभिनय देख्न सकिन्छ । बुद्ध थापाले छायांकन गरेको यस गीतको भिडियोलाई बिकाश दहालले सम्पादन गरेका हुन । प्रकाश धितालको निर्देशनमा म्युजिक भिडियो तयार पारिएको हो । यसघि ३ वटा गीत र केहि कविताहरु प्रकाशनमा ल्यासकेकी राईले आफ्नो जन्मदिनको अवसर पारेर भिडियो सार्वजनिक गरेकी हुन ।

स्वयम् गीतकार राईको अफ़िसिएल च्यानल मार्फत सार्वजनिक भिडियोलाई दर्शक , सोर्ताको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ । नयाँ प्रतिभालाई प्रोत्साहन गरिदिन गीतकार राईले सम्पुर्ण संगीतप्रेमी र मिडिया हाउसलाई आग्रह गरेकी छिन ।

प्रतिक्रिया