काठमाडौँ : सामाजिक सञ्जालमा भाइरल भएकी रविना वादीले आफ्नो प्रेमीसँग विवाह गरेकी छिन् । उनले काठमाडौँको पेप्सीकोला चोकमा अवस्थित शिव मन्दिरमा सुटुक्क विवाह गरेकी हुन्।
उनको र उनका प्रेमी आरुष चौहानको सम्बन्ध बारे धेरै अघि देखिनै चर्चामा थियो। उनको प्रेमी भारतीय नागरिक हुन। केही दिन अघि उनले आफुलाई आरुषले धोका दिएको भन्दै लाइभ भिडियो मार्फत निकै विलौना गरेकी थिइन्। आरुष भारतीय नागरिक हुन् ।
आरुषसंग केही महिना अघि भारत गएकी रविना गुमनाम भएकी थिइन् । तर एकाएक आरुषले आफुलाइ धोका दिएको र त्यसका लागि दुई युवती जिम्मेवार रहेको भन्दै नाम सहित भिडियो सार्वजनिक गरेकी थिइन् । उनीहरुले हिन्दु परम्परा अनुसार विवाह गरेका छन्। यो रविनाको तेस्रोपटक विवाह हो।