रविले आफ्नो खुट्टामा आफैं बन्चरो हान्दैछन् : किशोर श्रेष्ठ

मनिषा थापा

पिएनपिखबर : पत्रकार शालिकराम पुडासैनीको आत्माहत्या प्रकरणमा विवादित बनेका छन् प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ। पत्रकार शालिकराम पुडासैनीले आत्माहत्याअघि खिचेको भिडियो सञ्चारमाध्यमलाई दिएको भन्दै उनको आलोचना भईरहेको छ।

उनले भने भिडियो सार्वजनिक गरेर आफुले गलत नगरेको र सो भिडियोले नै आज अनुसन्धान गर्न थप मद्दत पुगेको जनाए। उक्त भिडियो पनि मृतक शालिकरामकै परिवारबाट पाएको उनले बताएका छन्। उनीबाट प्राप्त भएको भिडियोकै आधारमा पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कंडेल र नर्स अस्मिता कार्की पक्राउ परेका थिए।

”रविले आफ्नो खुट्टामा आफैं बन्चरो हान्दैछन् किनभने यसरी उनले जेलबाटै आफु असुरक्षित रहेको भन्दै आन्दोलनमा उत्रिएका उनको समर्थकहरुलाई हुलदुंगा गर्ने खालको आहावन गरे जसले कतै हमला वा घटना घटेमा जबाफदेही पनि रवि हुने भएकाले उनी नै फस्ने देखिन्छ।” , ‘उनले भने।

उनले अघि भने, ‘उनको यस्तो श्रीमतीमार्फत पठाएको संदेशले न्यायलयलाई अविश्वास गरी जनतालाई विरोधमा उठाई हुलदंगा गराउन खोजेको देखिन्छ।’ रविले आफु न्यायधीस बनेर अर्काको वकालत गर्नु अघि आफ्नो शुद्धताको प्रमाण दिनुपर्ने बताए।

बाँकी हेर्नुहोस भिडियोमा…

प्रतिक्रिया

सम्बन्धित समाचारहरू