रवि लामिछानेलाई अदालत लगियो

मनिषा थापा

भक्तपुर : पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा जोडिएका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई चितवन जिल्ला अदालत लगिएको छ । पुडासैनीको आत्महत्या प्रकरणबारे अनुसन्धानका लागि म्याद थप गर्न अदालतमा उनीहरुलाई प्रस्तुत गराइएको हो।

पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भिडियो सार्वजनिक भएपछि आत्महत्या दुरुत्साहन गरेको आरोपमा कार्यक्रम प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई बिहिबार नै काठमाडौँबाट चितवन लागि अनुसन्धान प्रक्रिया अघि बढाएको हो।

यता अदालत बाहिर भने टेलिभिजन प्रस्तोता रवि लामिछानेका समर्थकहरुले उनको रिहाईको माग गर्दै चर्को नारा लगाईरहेका छन्। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा साउन २० गते सोमबारको दिन झुण्डिएर मृत अवस्थामा पुडासैनी फेला परेका थिए।

प्रतिक्रिया