रवि लामिछानेसहित तिनै जनालाई पाँच दिन थुनामा राख्न अदालतको आदेश

राष्ट्रिय समाचार समिति

काठमाडौँ, ३१ साउन : पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा पक्राउ परेका रवि लामिछानेलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत चितवनले आदेश दिएको छ। न्यायाधीश विनोद गौतमको एकल इजलासले रविसहित युवराज कडेँल र अस्मिता भनिने रुकु कार्कीलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो।

हिजो काठमाडौँबाट पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएका उनीहरुलाई आज दिउँसो जिल्ला अदालतमा उपस्थित गराइएको थियो।

रविको रिहाइको माग गर्दै उनका समर्थकहरुले आज विहान जिल्ला प्रहरी कार्यालयमा घेराउ गरेका थिए । समर्थहरुको प्रदर्शनकै क्रममा प्रहरीले रविलाई पछाडीको ढोकाबाट अदालत लगेको थियो ।

पत्रकार पुडासैनीले आत्माहत्या गर्नु अघि रेकर्ड गरेको गोप्य भिडियो सार्वजनिक भए सँगै घटनाले नयाँ मोड लिएको हो। उक्त भिडियोमा पुडासैनीले रवि लामिछाने, अस्मिता कार्की र युवराज कडेँलले आफूलाई आत्महत्या गर्न बाध्य पारेको बताएका छन।

प्रतिक्रिया