रवि लामिछाने आफै लिडर बन्ने हो अरु खोज्ने होइन : सागर खड्का

मनिषा थापा

पिएनपिखबर : ‘नेपालका लागि नेपाली’ अभियानका अभियान्ता सागर खड्काले नयाँ रियालिटी शो ‘द लिडर’ले संचारकर्मी रवि लामिछानेलाई विवादमा मात्रै तान्ने बताएका छन्। पिएनपिखबरसँग कुराकानी गर्दै उनले शुरु हुन् नपाउँदै विवादित बनेको उक्त कार्यक्रमले सोचेको नतिजा नदिने तर लामिछानेलाई विवादमा भने लैजाने बताएका हुन्।

आफै लिडर हुनुपर्ने मान्छे नै लिडर खोजेर हिड्दा उनले आफुलाई कमजोर बनाईरहेको अभियान्ता खड्काको भनाई छ। उनले ‘द लिडर’ बाट नेतृत्व गर्ने व्यक्तिको नाममा सेलिब्रेटी खोज्ने लामिछानेको उद्देश्य रहेको जानाए।

”जनस्तरबाट जनताले चुनेर आएको मात्रै लिडर हुन् सक्छ। टेलिभिजनको पर्दाबाट खोजेको लिडर हुनै सक्दैन। जनताले पत्ताएका मान्छे उनी अब आफै क्रेज बिगार्दै छन्। देश संकटमा छ उनी टेलिभिजनमा रुमलिने होइन राजनीतिमा छिर्नुपर्छ, हामी साथ दिन्छौ।” ,खड्काले भने।

यसको साथै उनले पहिला नै विवादित बनिसकेका निर्णायकहरु कार्यक्रममा राखिएको भन्दै गुनासो पोखे। विजेता बनेका लिडरलाई पुरस्कारको रुपमा दिईने आलिशान अपार्टमेन्ट र गाडीले झनै जनस्तरबाट टाढा पुर्याउने उनले जनाए। उनले भने, ‘विलाशिलता पाएपछि मानिस अल्छि हुन्छ, देशको लागि केहि गर्न सक्दैनन्।’

उनी जस्तै धेरै व्यक्तित्वहरुले ‘द लिडर’को प्रोमो सार्वजनिक भएसंगै आलोचना गरिरहेका छन्।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू