रवि लामिछाने विरुद्दमा बोल्नै नहुने के रवि महाराजा हुन् ? : बालकृष्ण न्यौपाने (भिडियो)

मनिषा थापा

पिएनपिखबर : बालकृष्ण न्यौपानेमाथि राजतन्त्रवादी भएको आरोप लागेको छ। नागरिक समाजमा केहि सदस्यहरु पुराना शक्ति पार्टीको रहेको र उनीहरुको उद्देश्य राजा फर्काउने रहेको ‘स्वतन्त्र राष्ट्रिय अभियान’का अभियान्ता स्वागत नेपालले आरोप लगाएका हुन्।

पिएनपिमिडियासँगको कुराकानीमा स्वागत नेपालले बालकृष्ण न्यौपाने पुरानो पार्टीका अध्यक्ष भएको र पुरानो शक्ति पार्टीद्वारा राजा फर्काउने ग्रयाण्ड डिजाइन भएको जनाएका थिए।

उक्त आरोपको खण्डन गर्दै बाल कृष्ण न्यौपानेले भने, ‘आफु पनि नगर्ने अरुको घर पनि भत्काउने काम भयो। उनलाई ‘नेपालका लागि नेपाली’ अभियानमा लाग्न् पनि प्रस्ताब राखेका थियौ। हाम्रो विरुद्ध बोल्नेले देशका लागि के गरे ? आफु पनि भ्रष्टचारलाई रोक्न पहल नगर्ने र अरुलाग्दा आरोप लगाउने।’

उनले अघि भने, ‘पुरानो शक्ति पार्टीमा थिए जुन दर्ता हुन् सकेन, जसको कुनै अस्तित्व छैन। यस अभियानमार्फत पार्टीभन्दा माथि रहेर भ्रष्टचारको विरोध गरी निर्मुल पार्न हाम्रो उद्देश्य हो। हामीले पार्टीको झण्डा छाडेर राष्ट्रिय झण्डा समातेर हिडेका छौ।’

यस्तै, केहि दिन अघि नागरिक आन्दोलनमा सहभागी रहेका आर्यन तामाङले रवि लामिछानेको बारे आलोचना गरेका थिए जसको चौतर्फी विरोध भयो। न्यौपानेले भने रवि लामिछाने विरुद्ध बोल्नै नपाउनु तानाशाही भएको बताएका छन्। ‘रवि लामिछानेको कार्यलाई हामीले प्रसंशा गरेकै छै। रविको बारेमा केहि व्यक्तिले विरोध गर्दैमा ठुलो बिषय बनाउनु जरुरी थिएन। उनी महाराजा हैनन्। जुन व्यक्तिले उनको बारेमा बोले त्यो उनको अभिव्यक्तिको स्वतन्त्रा हो।’ ,उनले भने।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू