रहेनन् ‘ए कान्छा मलाई सुनको तारा खसाई देउ न’ गाउने गायक

मनिषा थापा

पिएनपिखबर : गायक रुद्र मणि गुरुङको निधन भएको छ। सोमबार विहान ११ बजेको समयमा सिलिगुडीस्थित नर्थ बंगाल नर्सिङ्ग होममा उपचारको क्रममा निधन भएको हो। उनी विभिन्न रोगबाट लामो समयदेखि ग्रसित थिए।

८४ वर्षीय गुरुङलाई चार दिनअघि उक्त नर्सिङ होममा भर्ती गरिएको थियो। उनको अन्त्यष्टि बुधबार दार्जलिङ्गमै गर्ने जनाइएको छ। उनले गाएको सबैभन्दा लोकप्रिय बन्न पुगेको गीत हो ‘ए कान्छा मलाई सुनको तारा खसाई देउ न।’

 

प्रतिक्रिया