रहेनन् वरिष्ट अमेरिकी संगीतकार तथा अभिनेता पीटर टोर्क

मनिषा थापा

पिएनपिखबर : अमेरिकाका चर्चित संगीतकार पीटर टोर्कको निधन भएको छ।

वेबसाइट ‘द गार्जियन डट कम’ को अनुसार, टोर्ककी बहिनी एनी थोर्केलसनले यस खबरलाई पुष्टि गर्दै बिहिबार निधन भएको भनिन्। ७७ वर्षीय पीटर टर्कलाई .पप ग्रुप द मंकीज.को सदस्यको रुपमा लिने गरिन्थ्यो। 

टर्कको मृत्यु भएको खबर आधिकारिकरुपमा भने खुलासा गरिएको छैन। उनी विगत एक दशक देखि क्यान्सरसँग लड्दै आइरहेका थिए। टर्कको फेसबुक अकाउन्टमा जारी गरिएको एक आधिकारिक बयानमा लेखिएको छ – “पीटर थोर्केलसनको उनकै घरमा विहान शान्तिपूर्ण ढंगले निधन भएको छ।’

वॉशिंगटन डीसीमा सन् १९४२मा जन्मिएका टर्कको वास्तविक नाम पीटर थोर्केलसन हो। उनी २४ वर्षको उमेर मै पप ग्रुपमा आबद्ध थिए। १९६०को समयमा उनको पप ग्रुप निकै लोकप्रिय थियो जसमा ‘आई एम ए बिलिवर’ र ‘ड्रे ड्रीम बिलिवर’ जस्ता हिट गीत पर्छन। टर्कले कयौ धारावाहिकहरुमा काम गरिसकेका छन्। उनले ‘बायो मीट्स वर्ल्ड’, ‘विंग्स’ र ‘द किंग्स अफ क्वीन्स’ जस्ता टेलिभिजन धाराबाहिकमा अभिनय गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू