रहेनन् वरिष्ट कलाकार बीएस राणा

मनिषा थापा

नेपाली चलचित्र जगतका वरिष्ट कलाकार बीएस राणाको निधन भएको छ । उनको उपचारको क्रममा काठमाण्डौको टिचिङ अस्पतालमा निधन भएको चलचित्र कलाकार संघकी महासचिव सरिता लामिछानेले जानकारी दिइन् ।

७८ वर्षका राणालाई श्वासप्रश्वासमा समस्या देखिएपछि एक साता अगाडि उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो ।

काठमाडौं विशालनगरस्थित राणा परिबार जन्मिएका उनी नेपाली चलचित्रका निकै सालिन, भद्र र चर्चित पात्र थिए। नेपाली फिल्म उद्योगमा धेरै बर्ष देखि लागे पनि फेरी थोरै मात्र फिल्महरु चर्चित अर्थात् सुपरहिट भएका छन | ब

उनले दर्जनौ नेपाली चलचित्रमा काम गरेका छन् । उनले अभिनय गरेका चलचित्रहरुमा ‘दर्पण छाया २, सेतो बाघ, हवल्दार सुन्तली, काफल पाक्यो, सम्बोधन, साथी म तिम्रो, आई एम सरी, कसले चोर्यो मेरो मन, दासढुंगा, बसन्ती, दाग’ लगायतका थिए ।

प्रतिक्रिया