रहेनन् साहित्यकार कृष्णप्रकाश श्रेष्ठ

admin

काठमाडौं, १७ चैत : साहित्यकार कृष्णप्रकाश श्रेष्ठको ८२ वर्षको उमेरमा गएराति निधन भएको छ । नेपाली र रुसी भाषाभाषीका सेतु मानिने श्रेष्ठ कोभिड-१९ बाट संक्रमित भएर मस्कोको एक अस्पतालमा उपचाररत थिए ।

उनका ‘पुस्किनको जिन्सी’ खण्डकाव्यको रचनाका साथै लेर्मोन्तोभ, तुर्गनेभ, तोल्स्तोय, शोलोखोभ, हम्तोभतलगायत विदेशी लेखकका उपन्यास र काव्यहरुको नेपाली भाषामा अनुवाद कृति छन् ।

प्रतिक्रिया